‘अभिमन्यु’मा भित्रिइन् गौमाया
काठमाडौँ । हिट फिल्म ‘पूर्णबहादुरको सारंगी’का निर्माता विनोद पौडेलले निर्माण गर्ने नयाँ फिल्म हो ‘अभिमन्यु’ । फिल्मको केही पहिले निर्माण घोषणा गरिएको छ । फिल्मका लागि अहिले धमाधम कलाकार छनौट भइरहेको छ ।
यस्तैमा, फिल्मको मुख्य भूमिकाको लागि अभिनेत्री गौमाया गुरुङ भित्रिएकी छन् । फिल्मका लागि अभिनेत्रीको रूपमा गुरुङ छनौट भएको निर्माता विनोद पौडेलले बताए ।
फिल्मको अन्य कलाकार छनौटको क्रममा छ । फिल्मको छाया.कन मिति पनि टुङ्गो लागेका छैन । तर प्रदर्शन मिति भने आगामी भदौ २७ गते निर्धारण गरिएको छ । फिल्मले पैसाको प्रलोभनमा चक्रव्यूहमा फस्ने र त्यहाँबाट उम्किन खोज्ने पात्रले गर्ने सङ्घर्षको कथा उठाउनेछ । विश्वभर एक साथ हिन्दी र नेपाली भाषामा रिलिज हुनेछ ।
सेभेन सिज सिनेमाको प्रस्तुति निर्माण हुने फिल्मलाई सुशान्त गौतमले निर्देशन गर्न लागेका हुन् । गौतमले यसै फिल्मबाट निर्देशनमा डेब्यु गर्न लागेका हुन् । मुकेश खनालको लेखन रहेको फिल्मका निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् । फिल्ममा रमेश चौलागाई र हरि श्रेष्ठ सह–निर्माताको रूपमा जोडिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनले अन्तिम क्षणमा गोल गर्दा बाहिरियो पोर्चुगल
-
अमेरिकाविरुद्ध बेल्जियमको सुरुवाती अग्रता
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण