कमाण्डो तालिमको दीक्षान्त समारोह सम्पन्न
नवलपरासी पश्चिम । नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाह नवलपरासी पश्चिममा संचालित दशौं समूहको प्रहरी विशेष कला तथा कारबाही (कमाण्डो) तालिमको दीक्षान्त समारोह प्रहरी महानिरीक्षक दीपक थापाको प्रमुख आतिथ्यमा मंगलबार सम्पन्न भएको छ ।
समारोहमा प्रहरी महानिरीक्षक थापाले तालिममा सहभागी प्रशिक्षार्थीहरूमध्ये तालिमको विभिन्न विधामा सर्वोत्कृष्ट स्थान हासिल गर्ने प्रशिक्षार्थीहरूलाई पुरस्कार तथा प्रशिक्षक एवम् तालिम सफल पार्न उल्लेखनीय योगदान पुर्याउनेहरूलाई प्रशंसा पत्र प्रदान गरे ।

प्रहरी महानिरीक्षक थापाले सम्बोधनको क्रममा नेपाल प्रहरीमा सञ्चालन हुने तालिमहरूमध्ये सबैभन्दा कठिन मानिने यस तालिम पुरा गर्नु आफैमा एउटा ठुलो उपलब्धि भएको चर्चा गर्दै तालिमले प्रहरी कारबाहीको सिलसिलामा आइपर्ने सम्भावित चुनौतीपूर्ण गतिविधिहरूमा आवश्यक पर्ने विशेष रणनीति, ज्ञान, सीप तथा कलाहरूको सापेक्ष प्रयोग गरी कार्यसम्पादन गर्न सक्ने योग्य जनशक्ति तयार गरेको बताए । शारीरिक र मानसिक तन्दरूस्तीका साथै व्यक्तिगत इच्छाशक्ति, निष्ठा, स्वविवेक र साहसको पनि धेरै आवश्यक पर्ने यस तालिमबाट आर्जन गरेको प्रहरी कार्यका ज्ञान र सीपले कार्यक्षेत्रमा व्यावसायिक सफलता मिल्ने विश्वास उनले व्यक्त गरे ।

समारोहमा तालिम संयोजक प्रहरी नायव उपरीक्षक गणेश बहादुर बरालले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै जम्मा ९० कार्यदिन अवधिको उक्त तालिममा प्रहरी निरीक्षक ६ जना, प्रहरी सहायक निरीक्षक १५ जना र प्रहरी जवान ८४ जना गरी जम्मा १ सय ५ जना प्रशिक्षार्थीहरू सहभागिता रहेको जानकारी दिए ।
उक्त समारोहमा प्रशिक्षार्थीहरूले बाधापार डेमोन्स्ट्रेशन, हतियार खोलजोड डेमोन्स्ट्रेशन, स्याण्ड मोडल ब्रिफिङ, होस्टेज रेस्क्यू अप्रेशन डेमोन्स्ट्रेशन, इमिडियट एक्सन ड्रिल अन्तर्गत फायर एण्ड मुभ डेमोन्स्ट्रेशन, खाली हात लडाई डेमोन्स्ट्रेशन, एक्सप्लोसिभ अर्डिनान्स डिस्पोजल डेमोन्स्ट्रेशन समेत प्रदर्शन गरेका थिए ।
समारोहमा सुनवल नगरपालिकाका प्रमुख, लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख, बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, स्थानीय जन प्रतिनिधिहरू लगायतको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफा विश्वकप सेमिफाइनलः इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित महाभिडन्त सुरु
-
टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
-
१० दिनपछि ‘धुर्वे’ नियन्त्रणमा, स्याटेलाइट रेडियो कलर जडान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण