सरकारले सुकुमबासी बस्तीमा खानेपानी उपलब्ध गराउनुपर्छ : प्रभु साह
काठमाडौँ । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले सरकारले सुकुमबासी बस्तीमा खानेपानीको व्यवस्था गर्नुपर्ने बताएका छन् ।
मंगलबार काठमाडौँका विभिन्न सुकुमबासी बस्तीमा पुगेका साहले सुकुमबासी बस्तीमा खानेपानी नदिएर सरकार अमानवीय कार्य गरेको बताउँदै खानेपानीको व्यवस्था गर्न माग गरेका हुन् ।
सरकारमा रहेका प्रधानमन्त्री, मन्त्री र केही सीमित नेताहरूले आफ्नो क्षेत्रको समस्या मात्रै समस्याको रूपमा बुझेको बताउँदै उनले काठमाडौँको विभिन्न ठाउँमा रहेका सुकुमबासी बस्तीहरूको समस्या समाधान गर्नुपर्ने जोड दिए । नेताहरूले आफ्नो क्षेत्रमा लालपुर्जा बाँड्ने तर काठमाडौँको सुकुमबासी समस्या समाधानमा चासो नदिएको उनले बताए । काठमाडौँका सुकुमबासीहरुलाई लालपुर्जा दिएर यो समस्या समाधान गर्नुपर्ने उनले बताए ।
अहिलेको दलतन्त्रका कारण सुकुमबासीको समस्या समाधान हुन नसकेको बताउँदै उनले दलतन्त्रको अन्त्य र सुकुमबासी समस्याको समाधानका लागि तेस्रो जनआन्दोलनमा सहभागी हुन उनले आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण