युनिफिकेशन चर्च विघटन गर्ने जापानी अदालतको आदेश
टोकियो । जापानको एक अदालतले युनिफिकेशन चर्च विघटन गर्ने आदेश दिएको छ । २०२२ मा पूर्व प्रधानमन्त्री सिञ्जो आबेको हत्या मामिलामा छानबिन पछि सरकारी अनुरोधमा मंगलबार टोकियो जिल्ला अदालतले उक्त फैसला सुनाएको हो ।
यसैबीच चर्चले आफ्नो कानूनी हैसियत खारेज गर्ने अदालतको निर्णयविरुद्ध पुनरावेदन गर्ने बताएको छ । अदालतको यो फैसलापछि चर्चले पाइरहेको कर तिर्नु नपर्ने छूट खोसिएको छ भने यसको सम्पत्तिहरू दामासाहीमा जानेछन् ।
सर्वसाधारणलाई ठगेर पैसा उठाएकोलगायत कुराहरूलाई उद्धृत गर्दै जापानको शिक्षा मन्त्रालयले २०२३ मा उक्त दक्षिण कोरियाली संस्थालाई विघटन गर्न अनुरोध गरेको थियो । धार्मिक स्वतन्त्रतामा गम्भीर खतरा र अनुयायीहरूको मानव अधिकार हनन भन्दै चर्चको जापानी शाखाले भने मन्त्रालयको यो अनुरोधको आलोचना गरेको थियो ।
अदालतको पछिल्लो आदेशलाई चर्चले एउटा विज्ञप्तिमार्फत खेदजनक र अन्यायपूर्ण उल्लेख गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीको अभिव्यक्ति तुरुन्त निरूपण हुनुपर्छ : एमाले
-
नेपाल सीमा अतिक्रमणकारी देश होइन, प्रधानमन्त्रीले माफी माग्नुपर्छ : निश्कल राई
-
करको दर हेरफेर विवाद : मन्त्री पोखरेलद्वारा अर्थमन्त्री वाग्लेको बचाउ, बजेटमा पूर्ण समर्थन
-
ओपनएआईले दियो आइपीओका लागि गोप्य आवेदन
-
बीपी राजमार्गमा सवारी आवागमन रोकियो
-
प्रतिनिधि सभामा विपक्षी दलहरूले अवरोध कायमै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण