युनिफिकेशन चर्च विघटन गर्ने जापानी अदालतको आदेश

टोकियो । जापानको एक अदालतले युनिफिकेशन चर्च विघटन गर्ने आदेश दिएको छ । २०२२ मा पूर्व प्रधानमन्त्री सिञ्जो आबेको हत्या मामिलामा छानबिन पछि सरकारी अनुरोधमा मंगलबार टोकियो जिल्ला अदालतले उक्त फैसला सुनाएको हो ।
यसैबीच चर्चले आफ्नो कानूनी हैसियत खारेज गर्ने अदालतको निर्णयविरुद्ध पुनरावेदन गर्ने बताएको छ । अदालतको यो फैसलापछि चर्चले पाइरहेको कर तिर्नु नपर्ने छूट खोसिएको छ भने यसको सम्पत्तिहरू दामासाहीमा जानेछन् ।
सर्वसाधारणलाई ठगेर पैसा उठाएकोलगायत कुराहरूलाई उद्धृत गर्दै जापानको शिक्षा मन्त्रालयले २०२३ मा उक्त दक्षिण कोरियाली संस्थालाई विघटन गर्न अनुरोध गरेको थियो । धार्मिक स्वतन्त्रतामा गम्भीर खतरा र अनुयायीहरूको मानव अधिकार हनन भन्दै चर्चको जापानी शाखाले भने मन्त्रालयको यो अनुरोधको आलोचना गरेको थियो ।
अदालतको पछिल्लो आदेशलाई चर्चले एउटा विज्ञप्तिमार्फत खेदजनक र अन्यायपूर्ण उल्लेख गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी सांसद बर्नी स्यान्डर्सको आरोपः ‘यो युद्ध नेतन्याहूले सुरु गरेका हुन्’
-
इरान र इजरायलका नागरिकलाई फोनमा नक्कली आपत्कालीन सन्देशहरू प्राप्त
-
‘वर्षायाममा मेलम्चीको पानी काठमाडौँमा नियमित वितरण हुन्छ’
-
ट्रम्पले इजरायल–इरान तनाव घटाउने जी –७ प्रस्तावमा हस्ताक्षर नगर्ने
-
इजरायली आक्रमणमा इरानी राज्य टेलिभिजन निशानामा, सीपीजेद्वारा कडा निन्दा
-
तेहरानमा दुई इरानी लडाकु विमान ध्वस्त, इजरायलमाथि नयाँ क्षेप्यास्त्र हमला सुरु