कुलमानलाई हटाएको भन्दै सत्ताधारी कांग्रेसकै क्षेत्रीय समितिको विरोध, दक्ष कर्मचारीको मनोबल गिराएको ठहर
विराटनगर । नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर १ समितिले सरकारले कुलमान घिसिङलाई हटाएकोप्रति विरोध जनाएको छ ।
क्षेत्रीय समिति सभापति सुजेन्द्र तामाङ, धरान उपमहानगर समितिका सभापति श्याम पोखरेल र दुई वटै प्रदेशसभा निर्वाचन क्षेत्रका सभापतिहरू अनिल श्रेष्ठ र मुरारीप्रसाद भट्टराईले एक विज्ञप्ति प्रकाशित गर्दै कुलमान घिसिङलाई हटाएको प्रति विरोध र भर्त्सना गरेका हुन् ।
नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङले दैनिक १८ घण्टासम्मको लोडसेडिङलाई चामत्कारिक ढंगबाट मुक्त गराएको र घाटामा गएको विद्युत् प्राधिकरणलाई नाफामा ल्याउन सफल भएको भन्दै उनीहरूले सरकारले निरंकुश र स्वेच्छाचारी ढंगले पदबाट हटाउने निर्णय गरेको आरोप लगाएका छन् ।
‘हठातमा घिसिङलाई पदबाट हटाउने निर्णय बलमिच्याइपूर्ण रहेको हाम्रो ठहर छ,’ संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘समग्र असल र दक्ष कर्मचारीको समेत मनोबल घट्ने गरी केही महिना मात्र सेवा अवधि भएका घिसिङलाई एकाएक हटाउने कार्य जनभावनाविपरीत हुनुका साथै जुनसुकै कोणबाट पनि सही नहुने हाम्रो ठहर छ ।’
विज्ञप्तिमा सरकार र पार्टी नेतृत्वको गम्भीर ध्यानाकर्षण गराउँदै पदबाट हटाउने निर्णय फिर्ता लिन माग गरिएको छ । सरकारको डेलिभरी, सुशासन र समुन्नतिका क्षेत्रमा आम जनतामा भएको असन्तुष्टिलाई प्रतिगमनकारीले निराशाको भाष्य बनाएर जनआन्दोलनबाट प्राप्त बहुदवादमा आधारित संघीयता, लोकतन्त्र, गणतन्त्र, समावेशीता, धर्मनिरपेक्षता र बहुदलीय व्यवस्थादाई नै फालेर फेरि निरंकुश सामन्ती राज्य व्यवस्था ल्याउन उद्धत भइरहेको बेला त्यसैलाई बल पुग्ने गरी यो निर्णय भएको पनि विज्ञप्तिमा उल्लेख छ ।
घिसिङलाई हटाइएको विरोधमा सत्ता गठबन्धनमै रहेका दलका नेता तथा कार्यकर्ताहरूले आलोचना गर्दै आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सभामुखले ध्यानाकर्षण गराएको नियमावलीको नियम २१ (ख) मा के छ ?
-
‘बजेटले कर प्रणाली सुधार र सहकारी संकट समाधानमा ध्यान दिन सकेन’
-
प्रतिनिधि सभा बैठक बुधबारसम्म स्थगित
-
जनता १८ घण्टा लोडसेडिङमा बस्दा सुविधा लिने उद्योगीले बक्यौता तिर्नैपर्छ : कुलमान घिसिङ
-
महावीर पुन मन्त्री बन्दै
-
संसद् बैठकमा प्रतिपक्षी दलले आफैँ समय तोकेर मौनधारण गरेपछि...
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण