कोरियाबाट रकम पठाउँदा जसले पाए १८ गुणा बढी
काठमाडौँ । सिटी एक्सप्रेस मनि ट्रान्सफरले “१८औँ वर्षमा १८ गुणा, परिवारमा खुसी लाखौँ गुणा” योजनाको उपहार हस्तान्तरण गरेको छ । कोरियाबाट नीराजन ढकालले जि मनि ट्रान्स मार्फत सिटी एक्सप्रेसमा आमा निर्मला तिवारीलाई रेमिटान्स पठाउँदा आफूले पठाएको रकमको १८ गुणा अर्थात् रु ७,५४,३६२ जित्न सफल भएका थिए । सोही रकम काठमाडौँ कमलादीस्थित आफ्नै कार्यालय भवनमा आयोजित कार्यक्रममा कम्पनीले उनकी आमा निर्मला तिवारीलाई हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ । उक्त कार्यक्रममा हास्य कलाकार साथै सिटी एक्सप्रेस मनि ट्रान्सफरका ब्रान्ड एम्बेसडर जितु नेपालको उपस्थिति रहेको थियो ।
सोही योजना अन्तर्गत लक्की ड्र मार्फत हरेक महिना २ जनालाई सामसङको स्मार्ट फोन, हरेक हप्ता २ जनालाई सामसङको स्मार्ट टिभी साथै ९० दिन लगातार हरेक दिन १८ जना विजेताहरूलाई जनही रु ५०० को सिटी पे वालेट टप् अप र अन्त्यमा एक जना भाग्यशाली बम्पर विजेताले आफूले पठाएको रकमको १८ गुणा बढी रकम पाउने योजनामा रहेको थियो । जसअन्तर्गत १६२० जनाले दैनिक उपहार ( रु ५०० को वालेट टप् अप ) , २४ जनाले साप्ताहिक उपहार (सामसङको स्मार्ट टिभी ) र ६ जनाले मासिक उपहार (सामसङको स्मार्ट फोन ) जित्न सफल भएको कम्पनीले जनाएको छ ।
सोही कार्यक्रममा सिटी एक्सप्रेस मनि ट्रान्सफरले २०८२ सालको क्यालेन्डर पनि सार्वजनिक गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण