ठाकुरराम क्याम्पसको रोकिएको मतगणना सुरु, भोलिसम्ममा गणना सकिने
वीरगन्ज । वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसको मतगणना सबै प्रक्रिया पूरा गरी केहीबेर अघि सुरू भएको छ ।
बार एसोसिएसन, नेपाल पत्रकार महासंघ, तथा संघ–संस्थासहितको प्रतिनिधि राखेर मतगणना सुरु गरिएको निर्वाचन समितिका प्रमुख दिलीप सिंहले बताए । उनका अनुसार जिल्ला प्रशासन कार्यालयमा भएको विभिन्न दल एवम् विद्यार्थी नेताहरुबीचको सहमति बमोजिम नै प्रतिनिधिहरू राखेर मतगणना सुरु गरिएको हो ।
सिल नम्बर मेल नखाएको भन्दै विवाद बढेपछि मतगणना रोकिएको थियो । मतगणना रोकिएको ७ दिनपछि मतगणनाको कार्य अगाडि बढेको हो ।
मतगणना स्थगनको सूचना जारी गर्दा करिब १६ मतपत्र गणना गरिएको निर्वाचन समितिले जनाएको छ । स्ववियु सभापति तथा पदाधिकारी एव्म सदस्यका लागि गएको ५ गते मतदान भएको थियो । मतदानमा क्याम्पसमा कुल विद्यार्थीको ४० प्रतिशत अर्थात् ४३०६ जनाले मतदानमा भाग लिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार ‘एमिकस क्युरी’ सिफारिस
-
पेट्राेलियम पदार्थकाे मूल्य स्थिर
-
इङ्ग्ल्यान्डले भगवानको हात देखिसकेको छ, अब भगवानको देब्रे खुट्टा पनि देख्नेछः इब्राहिमोभिच
-
युद्धले लेबनानमा वन विनाश र वातावरणीय क्षति बढ्दो
-
निःशुल्क स्वास्थ्य पोर्टल : ९० दिनमै २ हजार भन्दा बढीले पाए सेवा
-
विश्वविद्यालयलाई आईटी उद्योगसँग जोड्न सरकारको पहल, रोजगार र करियर मेला सञ्चालन गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण