पाकिस्तानी सेना प्रमुखमाथि किन प्रतिबन्ध लगाउँदैछ अमेरिका ?
वासिङ्टन डीसी । अमेरिकाले पाकिस्तानका सेना प्रमुखमाथि प्रतिबन्ध लगाउन सक्ने देखिएको छ । यस सम्बन्धमा अमेरिकी संसदमा एक विधेयक पेस गरिएको छ, जसमा पाकिस्तानी सेना प्रमुख जनरल असीम मुनीरलाई राजनीतिक विपक्षीहरूलाई दबाएको आरोप लगाउँदै प्रतिबन्ध लगाउन माग गरिएको छ ।
विधेयकमा पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई जेलबाट रिहा गर्न पनि माग गरिएको छ । सञ्चारमाध्यमहरूमा छापिएका खबरका अनुसार दक्षिण क्यारोलिनाका रिपब्लिकन सांसद जो विल्सन र क्यालिफोर्नियाका डेमोक्रेटिक सांसद जिमी पनेटाले सोमबार संसदमा ‘पाकिस्तान डेमोक्रेसी एक्ट’ नामक विधेयक पेस गरेका छन् । यो द्विदलीय विधेयकमा जनरल असिम मुनीरमाथि जानाजानी राजनीतिक विरोधीहरूको दमन गर्ने र उनीहरूलाई जेलमा राख्ने कार्यमा संलग्न भएको आरोप लगाइएको छ ।
विधेयकमा पाकिस्तानी सेना प्रमुखमाथि प्रतिबन्ध लगाउन माग गरिएको छ । यो विधेयक पारित भयो भने पाकिस्तानी सेना प्रमुख अमेरिका प्रवेश गर्न पाउने छैनन् । अमेरिकामा रहेको उनको सम्पत्ति पनि जफत हुनेछ । उक्त विधेयकमा पाकिस्तानी सेना प्रमुखका साथै अन्य धेरै व्यक्तिहरूमाथि प्रतिबन्ध लगाउन माग गरिएको छ ।
विधेयक प्रस्तुत गर्ने जो विल्सनले पूर्व प्रधानमन्त्री इमरान खानलाई राजनीतिक जेलमा राखिएको आरोप लगाउँदै यसको लागि पाकिस्तानी सेनालाई जिम्मेवार ठहराएका छन् । धेरै मुद्दामा दोषी ठहरिएपछि इमरान खानले जेल सजाय भोगिरहेका छन् । इमरान खानलाई अगस्ट २०२३ मा पक्राउ गरिएको थियो र हाल उनी रावलपिंडीको उच्च सुरक्षायुक्त आदियाला जेलमा छन् ।
इमरान खानको पार्टीका अनुसार पूर्व प्रधानमन्त्री विरुद्ध २०० भन्दा बढी मुद्दा दर्ता भएका छन् । जसमध्ये केहीमा उनलाई दोषी पनि ठहराइएको छ । विल्सनले यस विषयमा राष्ट्रपति ट्रम्पलाई पत्र पनि लेख्दै पाकिस्तानी सेनामाथि दबाब दिन अपिल पनि गरेका छन् । उनले इमरान खानलाई रिहा गर्न माग पनि गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण