‘चितवन भण्डारा दोस्रो खानेपानी आयोजनाबाट राप्तीका १६ हजारभन्दा बढीलाई प्रत्यक्ष लाभ पुग्छ’
चितवन । खानेपानी मन्त्री प्रदीप यादवले चितवन भण्डारा दोस्रो खानेपानी आयोजनाबाट राप्तीका १६ हजार दुई सय ४४ जनसङ्ख्यालाई प्रत्यक्ष लाभ पुग्ने बताएका छन् । आज चितवन भण्डारा दोस्रो खानेपानी आयोजना उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री यादवले विगतमा राप्ती नगरपालिकाका नागरिकहरूले खानेपानी अभावका कारण दैनिक जीवनमा कठिनाइ भोग्नुपरेको उल्लेख गर्दै आजदेखि यहाँका नागरिकका पानीका समस्या सधैँका लागि समाप्त भएको बताएका हुन् ।
उनले भने, “यो आयोजना आर्थिक वर्ष २०७७/७८ मा नेपाल सरकार, खानेपानी मन्त्रालय अन्तर्गत सञ्चालनमा आएको हो । यसले राप्ती नगरपालिका वडा नं. ४, ५, र ६ क्षेत्रलाई सेवा प्रदान गर्नेछ । यस योजनाबाट तीन हजार दुई सय घरधुरीका १६ हजार दुई सय ४४ जनसङ्ख्यालाई प्रत्यक्ष लाभ पुग्नेछ ।”
त्यस्तै, मन्त्री यादवले चितवन राप्ति नगरपालिका भण्डारा क्षेत्रका नागरिकहरूका खानेपानीका समस्या सधैँका लागि समाधान भएको बताउँदै भन्नुभयो, “पानीको अभावका कारण यहाँको बसाइँ कठिन थियो, तर आजको दिनले नयाँ युगको सुरुवात गरेको छ ।”
संघीय सरकार, उपभोक्ता समिति, र स्थानीय समुदायको साझा प्रतिबद्धता, सहकार्य, र परिश्रमको फलस्वरूप आज यो महत्त्वपूर्ण योजना हासिल गर्न सफल भएको उनको भनाइ थियो । मन्त्री यादवका अनुसार भण्डारा दोस्रो खानेपानी आयोजनाले राप्ती नगरपालिका ४, ५, र ६ का बासिन्दाहरूलाई सुरक्षित खानेपानी सेवा उपलब्ध गराउनेछ, जसबाट हजारौँ नागरिकको स्वास्थ्यमा सुधार आउनेछ । विगतमा यहाँका स्थानीय उपभोक्ताहरू इनार तथा ट्युबवेलको पानी उपभोग गर्न बाध्य थिए, जुन परीक्षण गर्दा हानिकारक जीवाणुयुक्त पाइएकाले मानव स्वास्थ्यमा गम्भीर असर पार्ने अवस्था रहेकोमा अब यो योजना सम्पन्न भई सञ्चालनमा आएसँगै यस क्षेत्रका जनताहरूले हरेक दिन २४ सै घण्टा स्वच्छ, शुद्ध, र सुरक्षित खानेपानी उपभोग गर्न पाउने मन्त्री यादवले बताए ।
उक्त आयोजना रु ९ करोड ९१ लाख २५ हजार ५९ दशमलव २५ लागतमा सम्झौता गरिएको थियो भने हालसम्म रु ९ करोड ८६ लाख ७८ हजार २८८ दशमलव १६ खर्च भएको छ । नेपाल सरकारको रु ९ करोड ६८ लाख ६० हजार २८८ दशमलव १६ तथा उपभोक्ताको सहभागितामा रु १८ लाख १८ हजार लागतमा सुरु भएको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, भरतपुरले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेप्सेको पुनर्संरचना र आधुनिकीकरण तत्काल अघि बढाउन सरकारलाई अर्थ समितिको निर्देशन
-
माइतीघरमा टमाटर किसानको आन्दोलनपछि मन्त्री चौधरीको पहल : कालीमाटीबाट ढुवानी सुरु
-
विश्वकपको फाइनल पुगे लगत्तै यमालको बार्सिलोनास्थित घरमा चोरीको प्रयास
-
इङ्ग्ल्यान्ड - अर्जेन्टिना प्रतिष्ठाको महाभिडन्तः कसको जित्ने सम्भावना कति ?
-
मलद्वारमा लुकाएर खैरो हेरोइन भित्र्याउने दुई जना पक्राउ
-
देशभरका मुख्य राजमार्गहरूमा बाढी र पहिरोको असर : कतै पूर्ण अवरोध, कतै एकतर्फी सुचारु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण