हेटौँडामा देवरले गरे भाउजूको हत्या, दाइमाथि खुकुरी प्रहार

हेटौँडा । हेटौँडामा आफ्नै देवरले भाउजूको बीभत्स हत्या गरेका छन् । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १ चौकी टोलमा २२ वर्षीय राहुल दासले बुधवार आफ्नै जेठी भाउजूको खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
मकवानपुर प्रहरीका अनुसार राहुलले ३५ वर्षीया गुडिया दासलाई बुधवार दिउँसो खुकुरी प्रहार गरी हत्या गरेका हुन् । यस्तै राहुलको आक्रमणबाट माहिला दाजु रुपेश दास घाइते भएका छन् । उनको हेटौँडास्थित मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाका अनुसार राहुलले माइलो दाइमाथि खुकुरी आक्रमण गरेको भन्ने खबर पाएर पुगेको प्रहरीले उनलाई पक्राउ गरेर दिउँसो जिल्ला प्रहरी कार्यालयमा ल्याएको थियो । घरका सदस्यहरूले जेठी बुहारी गुडियालाई नदेखेपछि खोजतलास गर्ने क्रममा घरको माथिल्लो तल्लामा बन्द कोठाभित्र मृत अवस्थामा फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए ।
प्रहरी निरीक्षक सापकोटाले राहुलले माइलो दाइ रुपेशलाई भन्दा पहिला भाउजूलाई खुकुरी प्रहार गरेर कोठामा बन्द गरेको हुनसक्ने बताए । राहुललाई प्रहरीले पक्राउ गरेको छ । राहुलले किन र के उद्देश्यले भाउजू र माइलो दाइमाथि आक्रमण गरे भन्ने खुली नसकेको उनको भनाई छ ।
निरीक्षक सापकोटाका अनुसार मृतक गुडियाका श्रीमान् रोशन दास रोजगारीको सिलसिलामा कतारमा छन् । गुडियाका ३ सन्तान रहेका छन् । घटनाका बारेमा अनुसन्धान प्रक्रिया अगाडी बढाएको प्रहरी निरीक्षक सापकोटाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी हतियार किन्ने विषयमा राष्ट्रपति ट्रम्पसँग छलफल गरिन्छ : जेलेन्स्की
-
जसपा नेपालको लिम्बुवान राष्ट्रिय समितिको अधिवेशनबाट नयाँ नेतृत्व निर्वाचित
-
पच्चीस चलचित्र निर्मातालाई सम्मान गरिने
-
वर्षायाममा पनि काठमाडौँमा मेलम्चीको पानी वितरण हुने
-
समाजवाद प्राप्त गर्न अझै वर्ग सङ्घर्ष आवश्यक : पूर्वउपराष्ट्रपति पुन
-
तीन दिनदेखि बेपत्ता पुरुषको शव फेला