विश्वव्यापी तापमान वृद्धिका कारण २६ प्रतिशत खुम्चियो चीनको हिमनदी
बेइजिङ । चीनमा हिमनदीहरू २६ प्रतिशतले खुम्चिएका छन् । विश्वव्यापी तापमान वृद्धिका कारण सन् १९६० यता त्यहाँ ७ हजार साना हिमनदी गायब भएका छन् ।
हालैका वर्षमा हिमनदीहरू खुम्चिने क्रम बढेको मार्चमा त्यहाँको सरकारले जारी गरेको डेटाले देखाएको हो । विश्वव्यापी तापमान वृद्धिका कारण विश्वभर नै हिमनदीहरू तीव्र गतिमा हराउँदै गइरहेको युनेस्कोको एक प्रतिवेदनले भनेका थियो ।
गएको तीन वर्षमा सबैभन्दा धेरै हिमनदी हराएको सो प्रतिवेदनमा भनिएको थियो । हिमनदी खुम्चँदै जाँदा ताजा पानीको उपलब्धता घट्दै गइरहेको छ । यसले भविष्यमा जलस्रोतको लागि प्रतिस्पर्धा चर्काउन वातावरणवादी समूहले चेतावनी दिएका छन् । चीनको हिमनदी क्षेत्र पश्चिम र उत्तरी क्षेत्रमा तिब्बत र सिनचियाङ क्षेत्रमा छन् ।
मार्च २१ मा सार्वजनिक भएको डेटा अनुसार २०२० मा चीनको कूल हिमनदी क्षेत्र ४६ हजार वर्ग किमी थियो । सन् १९६० देखि १९८० को बीचमा यो क्रमशः ५६ हजार वर्ग किमी थियो । हिमनदीलाई पग्लिनबाट बचाउन र पग्लिने क्रम सुस्त पार्न चीनले स्नो ब्ल्याङकेट र कृत्रिम हिमपात प्रणाली जस्ता प्रविधिको प्रयोग गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुकुमबासीसँग घरजग्गा, सेयर, सवारी साधन र हिरा–जवाहरात खोजिँदै
-
सामाजिक सेवा एकाइ कार्यक्रम सञ्चालनसम्बन्धी मार्गदर्शन जारी
-
रोजगार सिर्जना र हस्तकला पुस्तान्तरण गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह
-
सुर्खेतमा फोर्स गाडी दुर्घटना : १९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
-
खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण