हितेन्द्रदेव शाक्यले दायर गरेको रिट सर्वोच्चले सच्याउन पठायो
काठमाडौँ । सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दिएको रिट निवेदन सच्याउन पठाएको छ । निवेदनको ढाँचा नमिलेपछि सच्याउन पठाइएको सर्वोच्च प्रशासनले जनाएको छ ।
निवेदन सच्चाएपछि दर्ता हुने प्रशासनको भनाइ छ । सर्वोच्च अदालतमा अन्तिम सुनुवाइ नहुँदै पदावधि सकिएका उनले बुधबार अघिल्लो रिक्त कार्यकाल अवधिको सेवासुविधा माग गर्दै रिट निवेदन दिएका थिए ।
तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले शाक्यलाई २०७७ माघ २७ मा चार वर्षका लागि प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको थियो । तर नेकपा माओवादी केन्द्र सम्मिलित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले २०७८ साउन २४ मा प्राधिकरणको कार्यकारी निर्देशक रहेका शाक्यलाई हटाउँदै कुलमान घिसिङलाई नियुक्ति सिफारिस गरेको थियो ।
सरकारले शाक्यलाई ऊर्जा आयोगको सचिवालयमा विशेष पद सिर्जना गरेर सरुवा गरेको थियो । त्यसमा असन्तुष्टि जनाउँदै शाक्यले न्यायिक पुनरवलोकनका लागि सर्वोच्चको बाटो तय गरेका थिए ।
शाक्यको निवेदनमा अन्तिम सुनुवाइ नहुँदै २०८१ माघ २६ गतेको उनको पदावधि सकिएको थियो । तर चैत ११ गतेको मन्त्रिपरिषद् बैठकले प्राधिकरणको कार्यकारी निर्देशक कुलमानलाई हटाएर फेरि शाक्यलाई नै नियुक्ति थमाएको थियो ।
अदालत स्रोतका अनुसार शाक्यले अघिल्लो रिक्त कार्यकाल अवधिको सबै सेवा सुविधा माग गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
-
गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने : गगन थापा
-
अरुणका कालजयी गीत गुन्जिँदा...
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण