संसद् बैठक
प्रतिनिधिसभाको बैठक सूचना टाँस गरेर स्थगित
बिहीबार, १४ चैत २०८१, १६ : ०४
काठमाडौँ । प्रतिनिधिसभा बैठक सूचना टाँसेर स्थगित गरिएको छ । विपक्षी दलहरूले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको विरोधमा अवरोध गरेपछि बिहीबार बिहान ११ बजेका लागि बोलाइएको बैठक सूचना टाँसेर २ बजेसम्मका लागि स्थगित गरिएको थियो ।
त्यसपछि पनि सत्तापक्ष र प्रतिपक्षबीच सहमति हुन नसक्दा बैठक ४ बजे अर्को सूचना टाँसेर शुक्रबार बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको हो ।
विपक्षीहरूले घिसिङलाई हटाएको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा आएर जवाफ दिनुपर्ने बताइरहेका छन् । तर, प्रधानमन्त्री ओलीले संसदमा जवाफ दिन आउन अस्वीकार गरिरहेका छन् ।
विपक्षीले प्रधानमन्त्रीले जवाफ दिनुपर्छ भन्ने प्रधानमन्त्रीले जवाफ दिन्न भन्ने गर्दा सदन अवरुद्ध हुँदै आएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुजरात जिएम चेसमा पुरूषोत्तम सिलवाल उत्कृष्ट विदेशी दोश्रो खेलाडी घोषित
-
रास्वपा जिल्ला अधिवेशन : मधेसमा सुल्झिएन विवाद, महिलाको उपस्थिति कमजोर
-
सुदूरपश्चिम मन्त्रिपरिषद् पुनर्गठनमा ढिलाइ, शपथका लागि पुगेकाहरू डेढ घण्टादेखि प्रतीक्षामा
-
मन्त्री छनाेटलाई लिएर एमाले सुदूरपश्चिममा विवाद, कार्यालयमा लगाइयाे ताला
-
हर्कराज राईलाई ट्राफिक प्रहरीले गर्यो कारबाही
-
वीर अस्पतालमा एक महिनादेखि सिटी स्क्यान सेवा बन्द, बिरामी निजी अस्पताल धाउन बाध्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण