धादिङका स्थानीय तह प्रमुख र उपप्रमुखहरूसँग कृषिमन्त्रीले गरे छलफल
काठमाडौँ । आगामी आर्थिक वर्षका लागि मन्त्रालयले अघि सारेका नीति तथा कार्यक्रम एवं बजेट तर्जुमा र प्राथामिकताका विषयमा धादिङ जिल्लाका स्थानीय तहका प्रमुख तथा उपप्रमुखसँग कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले छलफल गरेका छन् ।
छलफलमा मन्त्री अधिकारीले सरोकारवाला सुझावका आधारमा मन्त्रालयले आगामी आर्थिक वर्षको कार्यक्रम र प्राथामिकता तय गरको बताए । ‘कृषि क्षेत्रको विकासका लागि स्थानीय सरकारको महत्वपूर्ण भूमिका हुने भएकाले स्थानीय तहबाट प्राप्त सुझावलाई मन्त्रालयले ग्रहण गर्ने छ,’ मन्त्री अधिकारीले भने ।
आगामी बजेटमा कृषि क्षेत्रमा अघि सारिने कार्यक्रमलाई उत्कृष्ट बनाउन प्रयत्न गर्ने प्रतिबद्धता पनि मन्त्री अधिकारीले व्यक्त गरे ।
सिंहदरबारस्थित मन्त्रालयमा आज भएको छलफलमा जिल्लाका २ नगरपालिका र ११ वटा गाउँपालिकाका प्रमुख तथा उपप्रमुख, मन्त्रालयका सचिवद्वय डा.गोविन्द प्रसाद शर्मा, डा.राजेन्द्र प्रसाद मिश्रलगायत सहभागी थिए ।
मन्त्रालयले काठमाडौँ उपत्यकाभित्रका पालिकाका प्रमुख एंव उपप्रमुखसँग पनि यसै विषयमा शुक्रबार मन्त्रालयमा छलफल आयोजना गरेको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफा विश्वकप सेमिफाइनलः इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित महाभिडन्त सुरु
-
टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
-
१० दिनपछि ‘धुर्वे’ नियन्त्रणमा, स्याटेलाइट रेडियो कलर जडान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण