धादिङका स्थानीय तह प्रमुख र उपप्रमुखहरूसँग कृषिमन्त्रीले गरे छलफल

काठमाडौँ । आगामी आर्थिक वर्षका लागि मन्त्रालयले अघि सारेका नीति तथा कार्यक्रम एवं बजेट तर्जुमा र प्राथामिकताका विषयमा धादिङ जिल्लाका स्थानीय तहका प्रमुख तथा उपप्रमुखसँग कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले छलफल गरेका छन् ।
छलफलमा मन्त्री अधिकारीले सरोकारवाला सुझावका आधारमा मन्त्रालयले आगामी आर्थिक वर्षको कार्यक्रम र प्राथामिकता तय गरको बताए । ‘कृषि क्षेत्रको विकासका लागि स्थानीय सरकारको महत्वपूर्ण भूमिका हुने भएकाले स्थानीय तहबाट प्राप्त सुझावलाई मन्त्रालयले ग्रहण गर्ने छ,’ मन्त्री अधिकारीले भने ।
आगामी बजेटमा कृषि क्षेत्रमा अघि सारिने कार्यक्रमलाई उत्कृष्ट बनाउन प्रयत्न गर्ने प्रतिबद्धता पनि मन्त्री अधिकारीले व्यक्त गरे ।
सिंहदरबारस्थित मन्त्रालयमा आज भएको छलफलमा जिल्लाका २ नगरपालिका र ११ वटा गाउँपालिकाका प्रमुख तथा उपप्रमुख, मन्त्रालयका सचिवद्वय डा.गोविन्द प्रसाद शर्मा, डा.राजेन्द्र प्रसाद मिश्रलगायत सहभागी थिए ।
मन्त्रालयले काठमाडौँ उपत्यकाभित्रका पालिकाका प्रमुख एंव उपप्रमुखसँग पनि यसै विषयमा शुक्रबार मन्त्रालयमा छलफल आयोजना गरेको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लोकतन्त्र आउनुमा ‘राजा ज्ञानेन्द्रको भूमिका’
-
सरकार समस्याको समाधानतर्फ नगई उल्टै जटिलता बढाउने दिशामा गयो : प्रचण्ड
-
‘जब गिरिजाबाबु र शेरबहादुरजी ‘बेबी किङ’प्रति सफ्ट हुनुभयो’
-
२०६३ वैशाख ११ गते सम्बोधनमा के भनेका थिए ज्ञानेन्द्र शाहले ?
-
ओभरटेक गर्ने क्रममा बस दुर्घटना, १३ जना घाइते
-
राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक बस्दै