चलचित्र विकास बोर्डको सदस्यमा लोहनी नियुक्त
बिहीबार, १४ चैत २०८१, २१ : ४८

काठमाडौँ । चलचित्र विकास बोर्डको सदस्यमा निर्माता, निर्देशक तथा कलाकार सन्तोषबाबु लोहनी नियुक्त भएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मन्त्री स्तरीय निर्णयले उनी बिहीबार सदस्यमा नियुक्त भएका हुन् ।
नियुक्तिको पत्र बुझेपछि लोहनीले बोर्डमा रहेर नेपाली चलचित्र क्षेत्रको प्रवर्धन, नीति निर्माण र डिजिटल माध्यममार्फत विश्वव्यापी प्रचारप्रसारको कार्य गर्ने रातोपाटीलाई बताए ।
२०४९ मा ‘अपमान’ फिल्मबाट यो क्षेत्रमा प्रवेश गरेका लोहनी फिल्म र टेलिभिजन कार्यक्रम अभिनय, निर्देशन र निर्माणमा सक्रिय छन् ।
‘अपमान’, ‘जय विजय’जस्ता फिल्ममा शीर्ष भूमिका निर्वाह गरेका उनले ‘नारी, द वुमन’, ‘हेलो नेपाल’, ‘कोइराला, मानवताका लागि’ जस्ता चर्चित टेलिभिजन कार्यक्रम पनि बनाएका थिए । लोहनी निर्देशित पछिल्लो फिल्म ‘शुभ लभ’ केही वर्ष अगाडि रिलिजमा आएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बनेपामा आजदेखि ऐतिहासिक चण्डेश्वरी जात्रा
-
गर्मी बढेसँगै सर्पको बिगबिगी
-
१० बजे १० समाचार : ३७ संशोधन अस्वीकृत गर्दै सरकारको नीति तथा कार्यक्रम पारित, प्रचण्डले खोजे हर्क साम्पाङको साथ
-
नोरा फतेहीको नेपाल कार्यक्रम : दुर्गेशसँग स्टेज सेयरदेखि सम्पदा भ्रमणसम्म
-
म्याग्दी पूर्ण खोप सुनिश्चितता एवं दिगोपना जिल्ला घोषणा
-
इजरायली आक्रमणमा गाजामा १३ जनाको मृत्यु, अधिकांश महिला र बालबालिका