चलचित्र विकास बोर्डको सदस्यमा लोहनी नियुक्त
बिहीबार, १४ चैत २०८१, २१ : ४८
काठमाडौँ । चलचित्र विकास बोर्डको सदस्यमा निर्माता, निर्देशक तथा कलाकार सन्तोषबाबु लोहनी नियुक्त भएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मन्त्री स्तरीय निर्णयले उनी बिहीबार सदस्यमा नियुक्त भएका हुन् ।
नियुक्तिको पत्र बुझेपछि लोहनीले बोर्डमा रहेर नेपाली चलचित्र क्षेत्रको प्रवर्धन, नीति निर्माण र डिजिटल माध्यममार्फत विश्वव्यापी प्रचारप्रसारको कार्य गर्ने रातोपाटीलाई बताए ।
२०४९ मा ‘अपमान’ फिल्मबाट यो क्षेत्रमा प्रवेश गरेका लोहनी फिल्म र टेलिभिजन कार्यक्रम अभिनय, निर्देशन र निर्माणमा सक्रिय छन् ।
‘अपमान’, ‘जय विजय’जस्ता फिल्ममा शीर्ष भूमिका निर्वाह गरेका उनले ‘नारी, द वुमन’, ‘हेलो नेपाल’, ‘कोइराला, मानवताका लागि’ जस्ता चर्चित टेलिभिजन कार्यक्रम पनि बनाएका थिए । लोहनी निर्देशित पछिल्लो फिल्म ‘शुभ लभ’ केही वर्ष अगाडि रिलिजमा आएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण