वीरगञ्जमा आजदेखि मस्तिष्कघातसम्बन्धी दुईदिने मास्टर क्लास गर्दै न्यूरोलोजिष्ट
काठमाडौं । वीरगञ्जमा आजदेखि मस्तिष्कघातसम्बन्धी दुई दिने मास्टर क्लास आयोजना हुँदैछ । मस्तिष्कघात (ब्रेनस्टोक) को उपचार र विधिका बारेमा जानकारी गराउने उद्देश्यले वरिष्ठ न्यूरोलोजिष्टहरु वीरगञ्जमा भेला भएका हुन् ।
नेपाल मेडिसिटी बयोधा अस्पताल वीरगञ्ज, नेपाल स्टोक एसोसिएसन र नेपाल स्टोक प्रोजेक्टको आज र भोलि (चैत्र १५ र १६ गते) उक्त कार्यक्रम गर्न लागिएको हो ।
मस्तिष्कघात (स्टोक) का कारणबाट बिरामी आक्रान्त भइरहेको र ज्ञान, सीप तथा स्रोत साधनको अभावमा समयमा उपचार नपाइ बिरामीको मृत्यु एवं पक्षघात हुने अवस्थालाई न्यूनीकरण गर्न मास्टर क्लासको आयोजना गर्न लागिएको नेपाल मेडिसिटी बयोधा अस्पतालका प्रमुख विजय रिमालले बताए ।
उक्त मास्टर क्लासमा नेपाल मस्तिष्कघात (स्टोक) एसोसियसनका संस्थापक अध्यक्ष एवं वरिष्ठ न्यूरोलोजिष्ट डा. लेखजंग थापा, कार्यकारी सदस्य एवं न्यूरालोजिष्ट डा. पंकज जालान, ग्राण्डी इन्टरनेशनल अस्पतालका इन्टरभेन्सनल न्यूरोलोजिष्ट डा. सुभाष फुयाल सहभागी हुनेछन् ।
त्यस्तै, नेपाल मेडिसिटी अस्पताल काठमाडौका न्यूरोलोजिष्ट एवं विभागीय प्रमुख डा. बाबुराम पोख्रेल, नेशनल मेडिकल कलेजका न्यूरोसर्जन डा. सफ्रोज अन्सारी, नेपाल मेडिसिटी बयोधा अस्पतालका न्यूरोलोजिष्ट डा. विधान ज्ञवाली, रेडियोलोजिष्ट डा. प्रदीप कुमार शाह लगायतका चिकित्सकको समेत सहभागिता रहने नेपाल मेडिसिटी बयोधा अस्पतालले जनाएको छ ।
कार्यक्रममा पर्सा, बारा, सर्लाही, रौतहट, मकवानपुर लगायतका स्थानबाट चिकित्सक, नर्स तथा पारामेडिक्सको उपस्थिति रहने आयोजकले जनाएको छ । उक्त अस्पतालले अहिले वीरगञ्जमै मस्तिष्कघातको सम्पूर्ण उपचार गर्दै आएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण