टेस्लाको कारमा आगो लगाएको आरोपमा अमेरिकामा एक जना पक्राउ
वासिङ्टन डीसी । अमेरिकी खर्बपति व्यापारी एलन मस्कको विद्युतीय कार निर्माता कम्पनी टेस्ला कारहरूमा आगजनी र तोडफोड गरेको आरोपमा प्रहरीले लस भेगासबाट एक व्यक्तिलाई पक्राउ गरेको छ ।
अभियुक्तको पहिचान ३६ वर्षका पल हेओन किमको रूपमा गरिएको छ । अभियुक्तले टेस्लाका कारहरूमाथि गोली पनि चलाएका थिए । यसको साथै टेस्लाको शोरूमको सिसामा जातिवादी भनेर लेखेका थिए ।
अभियुक्त युवकले मार्च १८ मा टेस्लाको सेवा केन्द्रमा आक्रमण गरेको बताइएको छ । यसका कारण उनी विरुद्ध राज्य र सङ्घीय अदालत दुवैमा मुद्दा चलाइएको छ । उनलाई बिहीबार सङ्घीय सरकारले हिरासतमा लिएको थियो ।
किममाथि आगजनी, विस्फोटक पदार्थ राखेको र गाडीमा गोली चलाएको आरोप लगाइएको छ । अवैध हतियार राखेको आरोप पनि उनीमाथि छ । अभियुक्तलाई शुक्रवार लास भेगासको सङ्घीय अदालतमा पेस गरिनेछ ।
अभियुक्तले कारमा पेट्रोल बम र अन्य ज्वलनशील पदार्थहरू फ्याँकेको बताएको अभियोजन पक्षले बताएको छ । टेस्ला कार र शोरूमहरूमा हालैका दिनमा भइरहेका आक्रमणका अन्य घटनाहरूमा अभियुक्त संलग्न छन् कि छैनन् भन्ने बारेमा पनि प्रहरीले अनुसन्धान गरिरहेको छ ।
मस्कले डोनाल्ड ट्रम्पको प्रशासनमा सरकारी दक्षता विभाग (डज) को जिम्मेवारी लिएर सङ्घीय सरकारको खर्च र कर्मचारी धमाधम कटौती गर्न थालेदेखि नै अमेरिकाभरमा टेस्लाका कारलाई लक्षित गरेर आक्रमण भइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीको बालेनको अभिव्यक्तिविरुद्ध श्रम संस्कृति पार्टीको प्रदर्शन
-
विश्वभरका साना जलाशयको क्षमता घट्दै : अध्ययन
-
एकै दिन तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता
-
भारतबाट थप ४ हजार भाइल ‘ कार्बोप्लाटिन’ औषधि आइपुग्दै
-
दिल्ली प्रदर्शनपछि कक्रोच जनता पार्टीविरुद्ध राष्ट्रविरोधी गतिविधिको आरोपमा उजुरी
-
अमेरिका–भारत सम्बन्ध : रणनीतिक साझेदारी कि लुप्त प्रतिद्वन्द्विता ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण