पिताको पाइला पछ्याउँदै ऋतिक, क्रिश ४ निर्देशन गर्ने
काठमाडौँ । बलिउड अभिनेता ऋतिक रोशन फिल्म क्रिश ४ मार्फत निर्देशनमा हात हाल्न लागेका छन् । यो कुराको घोषणा उनका बुबा राकेश रोशन आफैंले सामाजिक सञ्जालमा गरेका हुन् ।
निर्देशनको जिम्मेवारी अब छोरा ऋतिकलाई सुम्पिरहेको उनले बताए । फिल्म राकेश रोशन र आदित्य चोपडाले संयुक्त रूपमा निर्माण गर्ने बताइएको छ । राकेश रोशनले आफ्नो इन्स्टाग्राममा ऋतिक रोशनसँगको तस्बिर सेयर गरेका छन् । यसको क्याप्सनमा उनले लेखेका छन्, ‘२५ वर्ष पहिले मैले तिमीलाई अभिनेताको रूपमा लन्च गरेको थिएँ र आज २५ वर्षपछि म तिमीलाई निर्देशकको रूपमा लन्च गर्दैछु ।’
ट्रेड एनालिष्ट तरण आदर्शले पनि सामाजिक सञ्जालमा एक पोस्ट सेयर गर्दै ऋतिक रोशनले निर्देशनमा डेब्यू गर्ने कुराको पुष्टि गरेका छन् । उनले आफ्नो फिल्म क्रिश ४ बाट निर्देशनमा डेब्यू गर्नेछन् । यो फिल्म आदित्य चोपडा र राकेश रोशनले निर्माण गर्नेछन् ।
‘म क्रिश ४ को निर्देशन मेरो छोरा ऋतिक रोशनलाई सुम्पिरहेको छु, जसले यो फ्रेन्चाइजीको सुरुवातदेखि नै मसँगै यसलाई जीएका छन् । महसुस गरेका छन् र यसको सपना देखेका छन् । ऋतिकसँग दशकौंदेखि दर्शकहरूसँग कृषको यात्रालाई अगाडि बढाउने दृष्टिकोण छ । उनी हाम्रो परिवारको लागि धेरै अर्थ राख्ने फिल्मको निर्देशक बन्न लागेको देख्दा मलाई धेरै गर्व लागेको छ ।’ राकेश रोशनले भनेको भन्दै पिंकभिल्लाले समाचारमा भनेको छ ।
२०२६ मा सुरु हुनेछ छायांकन
मिडिया रिपोर्टका अनुसार ‘क्रिश ४’ को स्क्रिप्ट तयार छ र यसको प्रि–प्रोडक्सनको काम तीव्र गतिमा भइरहेको छ । फिल्मको छायांकन अर्को वर्षको सुरुमा हुने बताइएको छ । ‘कृस ४ लाई आदित्य चोपडाले निर्माण गर्नेछन् । म धेरै खुसी छु कि उनी ऋतिकद्वारा निर्देशित हुन राजी भए ।’ राकेश रोशनले अगाडि भनेका छन् ।
अभिनेताबाट निर्देशक बनेका थिए राकेश रोशन
राकेश रोशनले सन १९७० मा फिल्म ‘घर घर की कहानी’बाट अभिनेताको रूपमा आफ्नो करियर सुरु गरेका थिए । यस फिल्ममा उनी सहायक भूमिकामा देखिएका थिए । उनले अभिनेताको रूपमा धेरै कम चलचित्रमा काम गरेका छन् । यसपछि, १९८० मा उनलेआफ्नै निर्माण कम्पनी खोले र सोही वर्ष फिल्म ‘आप के दिवाने’ बनाए । तर यो फिल्म बक्स अफिसमा ठूलो फ्लप साबित भयो । यद्यपि, यस बाहेक उनले किङ अंकल, कोयला, कहो ना प्यार है, कोई मिल गया, करण–अर्जुन, क्रिश र क्रिश २ जस्ता फिल्महरू निर्देशन गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाविरुद्ध बेल्जियमको सुरुवाती अग्रता
-
स्पेनले अन्तिम क्षणमा गोल गर्दा बाहिरियो पोर्चुगल
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण