निजी क्षेत्र सक्रिय भए मात्रै पर्यटन क्षेत्रको विकास सम्भव छ : मन्त्री पाण्डे
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले निजी क्षेत्र सक्रिय नहुुँदासम्म पर्यटन क्षेत्रको विकास नहुने बताएका छन् । शुक्रबार सरोकारवालाहरुसँग आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटका विषयमा सुझाव संकलन कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले यस्तो बताएका हुन् । उनले पर्यटन क्षेत्रको विकास गर्ने भनेकै नीजि क्षेत्रले भएको दाबी गरे ।
उनले भने- ‘पर्यटन क्षेत्रको विकास निजी क्षेत्रले गर्ने हो । नीजि क्षेत्रले नै गन्तव्य पहिल्याइदिनुपर्छ । नीजि क्षेत्र प्रति राज्यले उद्धार भावका साथ सहयोग गर्छ ।’ मन्त्री पाण्डेले पर्यटन क्षेत्रको विकासका लागि लगानीमैत्री बातावरण आवश्यक रहेको बताउँदै स्वदेशी तथा विदेशी लगानी कर्ताहरु भित्रने भएकाले राज्यले ठूलो लाभ लिने बताए ।
मन्त्री पाण्डेले यस पटकको बजेट अंकमा नभइ नीतिमा बनाउने जानकारी दिए । पर्यटन व्यवसायीहरुले पर्यटन क्षेत्रलाई विशेक्ष क्षेत्रमा राख्नु पर्ने, हवाई भ्याट घटाउनु पर्ने,विदेशीहरुको भिसा लम्बाउने सहजीकरण गर्नु पर्ने,नेपालको एयरलायन्सको संख्या बढाउन मन्त्रालयलाई सुझाव दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण