बुद्धको सन्देशलाई विश्वभर फैलाउनु पर्छः पूर्व राष्ट्रपति भण्डारी
बुटवल । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले गौतम बुद्धका सन्देशलाई विश्वभर प्रचार/प्रसार गरी शान्ति दूतको भूमिका निर्वाह गर्न सकिने बताएकी छन् ।
लुम्बिनीमा आज थुक्छे छोईलिङ्ग मोनास्ट्री गुम्बाको शिलान्यास गर्दै पूर्व राष्ट्रपति भण्डारीले बुद्धका शान्ति, करुणा, र शिक्षाको महत्त्व आजको समयमा झनै बढेको बताइन् ।
गौतम बुद्धले अहिंसा, करुणा, र शान्तिको मार्ग देखाएको उल्लेख गर्दै बुद्धको शिक्षाले संसारभर करोडौँ मानिसलाई प्रेरित गरेको बताइन् । उनले कतिपय विकसित र शक्तिशाली देशहरूबिचको होडबाजीका कारण सर्वसाधारण नागरिक गोलाबारीको सिकार बन्नुपरेको, हिंसाको डर र त्रासमा बाँच्नुपर्ने अवस्था रहेको बताउँदै त्यसैले बुद्धका शान्ति, करुणा, र शिक्षाको सान्दर्भिकता झन् बढेको बताइन् ।
सो अवसरमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गौतम बुद्धको जन्मस्थल लुम्बिनीको समग्र विकासका लागि तीन तहका सरकारबीच सहकार्य अपरिहार्य रहेको बताए । उनले लुम्बिनी क्षेत्रको विकास गुरुयोजनाको आधारमा अघि बढाउनुपर्नेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनसँगको हारबारे के भन्छन् कप्तान एम्बाप्पे ?
-
नेपाल–भारत ऊर्जा सहकार्यमा अझ फराकिलो,बिजुली निर्यात क्षमतामा १६५० मेगावाट पुग्यो
-
मोटरसाइकल चेकजाँच गर्दा बरामद भयो स्रोत नखुलेको ५५ लाख रुपैयाँ
-
नेप्सेको पुनर्संरचना र आधुनिकीकरण तत्काल अघि बढाउन सरकारलाई अर्थ समितिको निर्देशन
-
माइतीघरमा टमाटर किसानको आन्दोलनपछि मन्त्री चौधरीको पहल : कालीमाटीबाट ढुवानी सुरु
-
विश्वकपको फाइनल पुगे लगत्तै यमालको बार्सिलोनास्थित घरमा चोरीको प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण