मण्डलामा गुञ्जिदै गायक राज सिग्देल
शुक्रबार, १५ चैत २०८१, १६ : ४८
काठमाडौं । लोकप्रिय गजल गायक राज सिग्देलले एकल गजल गायन गर्ने भएका छन् । शनिबार (चैत १६ गते) नयाँ बाँनेश्वर, थापागाउँस्थित मण्डला थिएटरमा आयोजित बिम्ब उत्सवमा सिग्देलले एकल गजल प्रस्तुत गर्ने भएका हुन् ।
बिम्ब आर्टसको प्रस्तुतिमा रहेको एकल गजल गायन दिउँसो ४ बजेबाट सुरु हुनेछ । आयोजक बिम्ब आर्टस्की संगीता थापा मगरका अनुसार कार्यक्रममा अन्य संगीतकार चण्डिप्रसाद काफ्ले, सुरेश गैरे, केशव पौडेल, एलिया सुनुवार, राज सागर र दिनेश गौतमको पनि उपस्थिति रहनेछ ।
गायक सिग्देलले १३ बर्षपछि आफूले एकल गजल गायन गर्न लागेको जानकारी दिए । कार्यक्रममा झण्डै २० वटा गजल प्रस्तुत गर्ने सिग्देलले सुनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाविरुद्ध बेल्जियमको सुरुवाती अग्रता
-
स्पेनले अन्तिम क्षणमा गोल गर्दा बाहिरियो पोर्चुगल
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण