‘द्रौपदी’ दोस्रो सातामा, आम्दानीको लेखाजोखा आइतबार आउने
काठमाडौँ । फिल्म ‘द्रौपदी’ प्रदर्शनको दोस्रो सातामा प्रवेश गरेको छ । पहिलो साता यो फिल्मको व्यवसाय ठिकठिकै रहे पनि दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएका कारण दोस्रो सातामा प्रवेश गर्न सफल भएको हो ।
फिल्मले पहिलो साता कति आम्दानी ग¥यो भन्ने सार्वजनिक गरिएको छैन । फिल्मको देशभरको हिसाब आउन बाँकी रहेकाले आइतबारमात्र कति कमायो भन्न सकिने निर्देशक ऋषिराज आचार्यले बताए ।
फिल्म उप–सभामुख इन्दिरा राना, पूर्वमन्त्री रेखा शर्मा लगायतले केही दिन अगाडि हेरेका थिए । फिल्मले नारीलाई माथि उठाउने र समाज परिवर्तनमा विद्रोहको बिगुल फुक्ने उनीहरूको प्रतिक्रिया थियो ।
फिल्ममा कर्णालीको सुन्दरता, त्यहाँको जनजीवन र व्यथालाई प्रस्तुत गरिएको छ । फिल्ममा आश्विनी शाही, रवि ओड, कविराज भाम, जेल्सन अधिकारी, सुजाता तिमल्सिना, विष्णु ठडराई, प्रकाश ज्ञवालीलगायतको अभिनय छ ।
फिल्म ऋषिराज आचार्यले निर्देशन गरेका हुन् । आरबी मुभिजको ब्यानरमा निर्माण भएको फिल्मका सह निर्माता ऋतु आचार्य र ठडराई हुन् भने निर्माता ऋषिराज आचार्य र प्रकाश ज्ञवाली हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाविरुद्ध बेल्जियमको सुरुवाती अग्रता
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण