रास्वपाद्वारा पूर्वराजाका समर्थकहरूबाट भएको गतिविधिको भर्त्सना
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले शुक्रबार पूर्व राजाका समर्थकहरूबाट भएको अराजकता, मानवीय क्षति, निजी तथा सार्वजनिक सम्पत्तिमाथिको हमला, लुटपाट र आगजनी जस्ता अक्षम्य गतिविधिहरूको घोर भर्त्सना गरेको छ । सो पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले एक विज्ञप्ति जारी गर्दै पूर्वराजा समर्थकहरूको गतिविधिप्रति आपत्ति जनाएका हुन् ।
सो पार्टीले आजको घटना भड्काउने र जनधनको क्षति गराउनेहरूलाई हदैसम्मको कारबाहीको माग गर्दै आगामी दिनमा आन्दोलनरत पक्षलाई जिम्मेवार एवम् शान्तिपूर्ण रूपमा प्रस्तुत हुन समेत सचेत गराएको छ ।
साथै प्रदर्शनको भिडियो खिचिरहेका एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजक र कीर्तिपुरका २९ वर्षीय सविन महर्जनको मृत्यु भएकोप्रति समेत सो पार्टीले गहिरो दुःख व्यक्त शोक सन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ ।
सो समूहले रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले प्रयोग गरेको सरकारी गाडी समेत बालकुमारीमा जलाइदिएको घटनाको निन्दा गरेको छ । साथै घाइते भएका सुरक्षाकर्मी र आन्दोलनकारीहरूको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण