आरआर क्याम्पसमा आज हुने भनिएको स्ववियु निर्वाचन स्थगित
शनिबार, १६ चैत २०८१, ०७ : २७
काठमाडौं । त्रिभुवन विश्वविद्यालय रत्न राज्यलक्ष्मी क्याम्पस (आरआर)मा आज हुने स्ववियु निर्वाचन स्थगित भएको छ। शुक्रबार राजावादीहरूको प्रदर्शनपछि जारी कर्फ्युका कारण निर्वाचन गर्न सकिने अवस्था नरहेको भन्दै स्थगित गरिएको हो।
यथाशीघ्र बैठक सर्वदलीय बैठक राखेर निर्वाचन मिति तय गरिने क्याम्पस प्रमुख डाक्टर पद्मकुमार अधिकारी जनाए ।
यसअघि समेत पटक पटक स्ववियु निर्वाचन स्थगित हुँदै आएको छ। चैत ५ गतेको निर्वाचन अन्तिम समयमा आएर स्थगित भएको थियो।
त्यसपछि चैत १६ गतेका लागि अर्को मिति तोकिएको थियो। उक्त मितिमा समेत निर्वाचन हुन नसकेर स्थगित भएको हो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनसँगको हारबारे के भन्छन् कप्तान एम्बाप्पे ?
-
नेपाल–भारत ऊर्जा सहकार्यमा अझ फराकिलो,बिजुली निर्यात क्षमतामा १६५० मेगावाट पुग्यो
-
मोटरसाइकल चेकजाँच गर्दा बरामद भयो स्रोत नखुलेको ५५ लाख रुपैयाँ
-
नेप्सेको पुनर्संरचना र आधुनिकीकरण तत्काल अघि बढाउन सरकारलाई अर्थ समितिको निर्देशन
-
माइतीघरमा टमाटर किसानको आन्दोलनपछि मन्त्री चौधरीको पहल : कालीमाटीबाट ढुवानी सुरु
-
विश्वकपको फाइनल पुगे लगत्तै यमालको बार्सिलोनास्थित घरमा चोरीको प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण