भुर्तेलको अर्धशतकसँगै प्रधानमन्त्री कपको उपाधि पुलिसलाई
सिद्धार्थनगर । नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई हराउँदै प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेटको उपाधि जितेको छ । शनिबार भएको फाइनल खेलमा पुलिस ६ विकेटले विजयी बनेको हो ।
आर्मीले प्रस्तुत गरेको १ सय ५५ रनको लक्ष्य पुलिसले २५.२ ओभरमा मात्र ४ विकेटको क्षतिमा पछ्यायो । पुलिसको जितमा कुशल भुर्तेल नायक बने । उनले ७० बलमा ६१ रनको शानदार इनिङ्स खेले । यसक्रममा उनले ७ चौका र ३ छक्का हिर्काए ।
उनले ओपनर अमित श्रेष्ठसँग मिलेर पहिलो विकेटका लागि ७७ रनको साझेदारी गरे । श्रेष्ठले ३८ बलमा ३९ रन जोड्दै २ चौका र ३ छक्का प्रहार गरे । दिलीप नाथले ३१ रनको महत्त्वपूर्ण योगदान दिए । उनले २४ बलमा २ चौका र २ छक्का प्रहार गरे ।
आर्मीका लागि सहाब आलमले १० ओभर बलिङ गर्दै ५१ रन खर्चेर ३ विकेट लिए । नरेन साउदको नाममा १ विकेट रह्यो ।
यसअघि, बसिर अहमदको अर्धशतकीय इनिङ्सको मद्दतले आर्मीले ४३ ओभरमा सबै विकेट गुमाएर १ सय ५४ रन बनाएको थियो । अहमदले १०४ बलमा ८६ रन बनाए । उनले ९ चौका र १ छक्का हिर्काए ।
कप्तान विनोद भण्डारीले ५८ बलमा २९ रनको योगदान दिए । विवेक यादवले ११ रन जोड्दा अन्य ब्याटर दोहारो अंकमा रन नजोडी पभेलियन फर्किएका थिए ।
आर्मीलाई सस्तोमा समेट्न करन केसीले ७ ओभरमा ३० रन खर्चेर ३ विकेट लिए । त्यस्तै, सागर ढकालले पनि ८ ओभरमा २९ रन खर्चेर ३ विकेट नै हात पारे । दीपेन्द्र सिंह ऐरीले २ विकेट तथा ललित राजवंशी र गुल्सन झाले १–१ विकेट लिए ।

यसअघि, पुलिस र आर्मी लिग चरणमा मात्र एक–एक खेल हार्दै फाइनलसम्म पुगेको थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेट अभावले खुम्चिँदै मनमोहन प्राविधिक विश्वविद्यालयको शैक्षिक लक्ष्य
-
प्रहरीको प्राविधिक समूहमा सईबाट वरिष्ठ सईमा बढुवा सिफारिस
-
इच्छाराज तामाङको बदमासीले सिभिल मलमा स्वामित्वको चक्रव्यूह
-
लागुऔषध खैरो हेरोइनसहित १० जना पक्राउ
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
‘तपाईं प्रधानमन्त्री बन्ने हल्ला छ नि ?’ भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण