सबै दलहरुले आफूलाई सुधार गर्दै परिवर्तनका बाँकी काम पूरा गर्नुपर्छ : जनार्दन शर्मा
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले सबै दलहरुले आफूलाई सुधार गर्दै परिवर्तनका बाँकी काम पूरा गर्ने जिम्मेवारी लिनुपर्ने बताएका छन् । शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले निरन्तर सुधारको बाटोबाट मात्रै परिवर्तनको बाँकी काम पूरा हुने दाबी गरे । उनले राजनीतिक दलहरुले पनि आफ्ना व्यवाहार सुधार गर्दै अघि बढ्नुपर्ने बताए । उनले जनताले राजनीतिक दलहरुबाट सुधार मागिरहेको भन्दै हरेक क्षेत्रमा सुधार गर्ने प्रतिवद्धता जनाउनुपर्ने बताए । उनले आफ्ना कमजोरीको आत्मलोचनासहित जनताको भावनालाई सम्बोधन गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गरे ।
उनले भने, ‘परिवर्तनको वाहक नेकपा माओवादी पार्टी र सबै दलहरुले आफूलाई सुधार्दै, सच्याउँदै परिवर्तनको बाँकी काम पूरा गर्ने जिम्मेवारी लिनुपर्छ । निरन्तर सुधारको बाटोबाट मात्रै यो सम्भव छ । जनताले आज हामीबाट सुधार मागिरहेका छन् । सुधार खोजिरहेका छन् । हरेक क्षेत्रमा सुधार गर्ने प्रतिवद्धता र आफ्ना कमजोरीको आत्मलोचना गर्दै जनताको भावनालाई सम्बोधन गर्नुपर्ने आवश्यकता छ ।’
उनले थप भने, ‘आज हाम्राबिरुद्ध वा परिवर्तनका बिरुद्ध, गणतन्त्रकाबिरुद्ध जस्तो देखिए पनि यी गणतन्त्रका विरोधी छन् जस्तो मलाई लाग्दैन । सिमित सामन्तवादका केही अवशेषहरु मात्रै हुन् ।’
आन्दोलनकारीहरुको माग, भावनालाई सम्बोधन गर्नुपर्ने बताए । संघीय लोकतन्त्र बिथोल्न हिंसा र अराजकता फैल्याउने काम भइरहेको भन्दै त्यसप्रति गम्भीर हुनुपर्ने बताए । -न्युज एजेन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण