रामनवमीका दिन मासु पसल बन्द गर्ने उत्तरप्रदेश सरकारको निर्णय
भारत । उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ सरकारले रामनवमीको दिन अप्रिल ६ मा राज्यमा पशु वध र मासु बिक्रीमा पूर्ण प्रतिबन्ध लगाउने निर्णय गरेको छ । साथै, धार्मिकस्थल नजिक मासु बेच्न नपाइने भएको छ ।
सरकारले धार्मिकस्थलको ५०० मिटरभित्र मासु पसल बन्द गर्न निर्देशन दिएको छ । अनाधिकृत वधशालालाई पनि कडा कारबाही गरिने भएको छ ।
सहरी विकास विभागका प्रमुख सचिव अमृत अभिजातले सबै जिल्ला मजिस्ट्रेट, प्रहरी आयुक्त र नगरपालिका आयुक्तहरूलाई तत्काल वधशाला बन्द गर्न र धार्मिकस्थल नजिक मासु बिक्रीमा प्रतिबन्ध लगाउन निर्देशन दिएका हुन्।
२०१४ र २०१७ मा जारी आदेशहरू उद्धृत गर्दै योगी सरकारले धार्मिकस्थलहरू नजिकै अवैध रूपमा पशु हत्या र मासु बिक्री पूर्ण रूपमा प्रतिबन्धित गरिने स्पष्ट पारेको हो । यो निर्णयलाई प्रभावकारी बनाउन जिल्ला अधिकारीको अध्यक्षतामा जिल्लास्तरीय समिति गठन गरिएको छ ।
यसमा प्रहरी, प्रदूषण नियन्त्रण बोर्ड, पशुपालन विभाग, यातायात विभाग, श्रम विभाग, स्वास्थ्य विभाग र खाद्य सुरक्षा प्रशासनका अधिकारीहरू सामेल हुनेछन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण