गुजरातद्वारा मुम्बईसामु जितका लागि १ सय ९७ रनको लक्ष्य प्रस्तुत
अहमदाबाद । इन्डियन प्रिमियर लिग (आईपीएल) को नवौँ खेलमा गुजरात टाइटन्सले मुम्बई इन्डियन्ससामु जितका लागि १ सय ९७ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको गुजारतले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ९६ रन बनाएको हो ।
गुजरातका लागि ओपनर साइ सुदर्शनले अर्धशतक बनाए । उनले ४१ बलमा ६३ रन जोड्ने क्रममा ४ चौका र २ छक्का प्रहार गरे । उनले कप्तान शुभमन गिलसँग मिलेर टोलीलाई शानदार सुरुवात दिएका थिए ।
गिलले २७ बलमा ३८ रनको योगदान दिए । उनले ४ चौका र १ छक्का हिर्काए । जोस बट्लरले २४ बलमा ३९ रन बनाए । उनले ५ चौका र १ छक्का हिर्काए । त्यस्तै सेरफान रदरफोर्डले १८ रन जोडे ।
प्रतिबन्धपछि मुम्बईका लागि पुनरागमन गरेका कप्तान हार्दिक पाण्ड्याले ४ ओभरमा २९ रन खर्चेर २ विकेट लिए । सत्यनारायना राजुले पनि दुई विकेट लिए । ट्रेन्ट बोल्ट, दीपक चहर र मुजिब उर रहमानले १–१ विकेट हात पारे । दुवै टोली आज पहिलो जितको खोजीमा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नक्कली लाभग्राही बनाएर भत्ता वितरण, वडाध्यक्षसहित ४२ जनाविरूद्ध भ्रष्टाचार मुद्दा
-
‘कानुन सुधार र निर्माण वर्ष’लाई सफल बनाउन आग्रह
-
यूके पठाइदिने भन्दै ठगी गर्ने महिला पक्राउ
-
फिफा विश्वकप : इतिहास दोहोर्याएको स्पेन (भिडियो)
-
सुनचाँदी व्यवसायी संस्थाहरूबिचको दूरी घटाउन अध्यक्ष फोरम
-
क्षणभरमै खरानी बनेको मन्त्री निवास अझै बनेन, मन्त्रीहरूलाई सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण