ला लिगामा रियाल मड्रिडले बार्सिलोनामाथि बढायो दबाब, अंक बराबरी
काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रियाल मड्रिडले बार्सिलोनामाथि दबाब बढाएको छ । शनिबार राती भएको खेलमा लेगानेसलाई ३-२ ले हराएर अंक बराबरी गर्दै रियालले शीर्ष स्थानमा रहेको बार्सिलोनामाथि दबाब बढाएको हो । जसले उपाधि दावेदारीमा थप रोचक हुँदै गएको छ ।
अंक तालिकामा बार्सिलोनाको २८ खेलबाट ६३ अंक छ भने रियालको २९ खेलबाट समान ६३ अंक भएको छ । तेस्रो स्थानमा रहेको एटलेटिको मड्रिडको ५७ अंक छ ।
रियाललाई जिताउन घरेलु मैदानमा केलियन एम्बाप्पेले दुई गोल गरे भने एक गोल जुड बेलिङघमको नाममा रहयो । पहिलो हाफमा रियालले एक गोल गर्दा लेगानेसले दुई गोल गरेको थियो । त्यो अवस्थालाई एम्बाप्पेले नै उल्ट्याए र टोलीलाई जित दिलाए । लेगानेसका लागि डिएको गार्सिया र ड्यानियल राबाले गोल गरेका हुन् ।
लिगको उत्तरार्धतिर आइपुग्दा प्रतिस्पर्धा बढेको छ भने बार्सिलोना र रियाल मड्रिड एक अर्कालाई अबका खेलमा चुक्नै नहुने दबाब परेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण