अमेरिकाबाट डिपोर्ट भएका ३ भुटानी नागरिक झापामा पक्राउ
आइतबार, १७ चैत २०८१, ११ : ४६
काठमाडौँ । संयुक्त राज्य अमेरिकाबाट डिपोर्ट गरिएका ३ जना भुटानी नागरिकलाई प्रहरीले झापामा पक्राउ गरेको छ । शनिवार भारततर्फको पानी ट्याङ्कीबाट काँकडभिट्टा आएका उनीहरूलाई पक्राउ गरिएको झापाका एसपी मिलन केसीले रातोपाटीलाई बताए ।
पक्राउ पर्नेमा ३६ वर्षीय आशिष सुवेदी, ३१ वर्षीय सन्तोष दर्जी र ३६ वर्षीय रोशन तामाङ छन् । ट्रम्प प्रशासनले चार्टर्ड विमानमार्फत उनीहरूलाई भुटानको पारो एयरपोर्टमा लगेर छाडेको पाइएको छ । ४ दिनअघि पारो एयरपोर्टमा उत्रिएका उनीहरू काँकडभिट्टामा देखिएका हुन् । अमेरिकाबाट आफ्नो समूहमा १० जना डिपोर्ट (निष्कासन) मा परेको उनीहरूले प्रहरीलाई बताएका छन् ।
भुटानी शरणार्थीहरूलाई प्रहरीले काँकडभिट्टास्थित अध्यागमन कार्यालयमा बुझाएको छ । झापाको बेलडाँगीमा रहेका शरणार्थी शिविरमा ५ हजार शरणार्थी बसिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण