अमेरिकामा विमान दुर्घटना, उड्ने बित्तिकै घरमाथि खस्यो
वासिङ्टन डीसी । अमेरिकामा एकपटक फेरि विमान दुर्घटना भएको छ । आयोवाबाट मिनेसोटातर्फ गइरहेको एउटा सानो विमान ब्रुकलिनमा पार्कमा दुर्घटनाग्रस्त भएको छ । यस दुर्घटनामा कम्तीमा एक जनाको मृत्यु भएको बताइएको छ । यो घटना शनिवार मिनियापोलिसको उपनगर ब्रुकलिन पार्कमा भएको हो ।
एकल–इन्जिनयुक्त सोकाटा टीबएएममा कति जना सवार थिए भन्ने कुरा अझै थाहा हुन नसकेको सङ्घीय उड्डयन प्रशासन (एफएए) ले एक विज्ञप्तिमा भनेको छ । विमानले एक पटकमा ६ जनासम्म बोक्न सक्थ्यो । विमानमा सवार कोही पनि जीवित नरहेको बताइएको छ । घरका बासिन्दाहरू घाइते नभएको तर घर आगलागीबाट पूरै नष्ट भएको ब्रुकलिन पार्कका प्रवक्ता रिसिकत अदेसाओगुनले बताएका छन् ।
विमान डेस मोइन्स अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको एफएएले बताएको छ । विमान अनोका काउन्टी–ब्लेन विमानस्थलमा अवतरण हुन जाँदै थियो । यो मिनियापोलिसको अर्को उपनगरमा अवस्थित छ । घटनाको राष्ट्रिय यातायात सुरक्षा बोर्डले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिल्म निर्माता पहलाज निहलानीको निधन
-
कर्णालीका पूर्वमुख्यमन्त्री शर्माद्वारा संसद् अवरुद्ध
-
रोल्पा दुर्घटना अपडेट : मृतकहरूको पहिचान खुल्यो
-
पूर्वआयुक्त पाठकविरुद्धको भ्रष्टाचार मुद्दा ‘हेर्न नमिल्ने’मा
-
'राजासहितको प्रजातन्त्र'को नारासहित नयाँ पार्टी खोल्ने धवलशमशेरको घोषणा
-
पोखराको फोहोर फाल्ने ठाउँमा भेटियो ग्रिनेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण