ज्ञानेन्द्रलाई जरिवानाको पत्र काटेको भन्दै लोहनीद्वारा बालेनको आलोचना
काठमाडौं । काठमाडौंका मेयर बालेन साहले तथ्य र कानुन बिर्सेर पूर्वराजा ज्ञानेन्द्र शाहलाई जरिमाना पत्र पठाएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले आलोचना गरेका छन् ।
कुन कानुन बमोजिम जरिमाना मागियो भन्ने सवाल बालेनले स्पष्ट जवाफ दिनुपर्ने लोहनीको भनाइ छ । ‘बालेनजीले जनतालाई राम्रोसँग बताउनु पर्यो । अन्यथा यो पत्राचारलाई सस्तो लोकप्रियताको दौड मात्र रहेको बुझ्नुपर्ने भएको छ,’ लोहनीले आइतबार भने ।
कानुन बमोजिम स्वीकृती लिने र दिने पक्ष हुँदाहुँदै सबै तथ्य बिर्सेर बालेनले पत्र पठाएको लोहनीले आरोप छ ।
‘म जस्ता धेरै काठमाडौंबासी बालेनका शुभचिन्तक छन्, आमनागरिक अहिलेसम्म तपाईँका हितैसी छन् । तर, अब हामीलाई जवाफ चाहियो,’ उनले भने ।
सामाजिक संजालमा लोहनीले भने, ‘चैत्र १५ गतेको राजनैतिक कार्यक्रममा दुई पक्ष थिए । एउटा कार्यक्रम गर्ने पक्ष र अर्को कार्यक्रम गर्न स्वीकृति दिने पक्ष अर्थात नेपाल सरकार । कार्यक्रम सुरु भएर मञ्चमा बोल्नु अगाडि नेपाल सरकारको तर्फबाट मकै पड्केको जस्तो गरी मञ्चमा अश्रुग्यास प्रहार भयो । म स्वयम बोल्ने प्रयास गर्दै थिए अश्रुग्यास प्रहारबाट आँखा नदेख्ने र स्वास फेर्न पनि गाह्रो अवस्थामा पुगेँ ।’
ठूलो भीडको बिचमा, आफैँले भाषण गर्न स्वीकृति दिएको सभामा, भाषण गर्ने मंचमा समेत अश्रुग्यास प्रहार गर्नु कुन नियम, कानुन र प्रोटोकलले जायज छ ? यसको दोषी को हो ? लोहनीको प्रश्न छ ।
उनले भने, ‘अश्रुग्यास प्रहारबाट भीड आक्रोशित भएर तितरबितर भयो । आफूले स्वीकृती दिएर स्वभावत भइरहेको भाषण र आमसभालाई नेपाल सरकार स्वयमले भाड्यो र आतंकको स्थिति सिर्जना गर्यो । यो तथ्यलाई बालेनजीले कसरी हेर्नु भएको छ ?’
लोहनीले यस पछि आक्रोशित भीड र प्रहरीबीच द्वन्द्व र नोक्सान समेत भभएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण