संसद् बैठक
सूचना टाँसेर ४ बजेका लागि सारियो प्रतिनिधिसभा
आइतबार, १७ चैत २०८१, १५ : ३९
काठमाडौँ । प्रतिनिधिसभा बैठक सूचना टाँसेर अपराह्न चार बजेसम्मका लागि स्थगित गरिएको छ । बिहान ११ बजेका लागि तय भएको बैठक केही समय ढिला गरेर बसेको थियो ।
बैठकमा विपक्षीहरूले सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएकोबारे प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग गर्दै अवरोध गरेका थिए । त्यसपछि १५ मिनेटका लागि स्थगित भएको बैठक साढे तीन बजे चार बजेसम्मका लागि सूचना टाँसेर स्थगित गरिएको हो ।
सत्तापक्षले प्रधानमन्त्री ओलीले भोलिको बैठकमा सम्बोधन गर्ने जानकारी गराउँदा पनि विपक्षीले नमानेर बैठक अवरुद्ध गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण