हत्कडीसहित रवीन्द्र मिश्रलाई लगियो अदालत
आइतबार, १७ चैत २०८१, १७ : ४९
काठमाडौँ । राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्रलाई हत्कडी लगाएर अदालत लगिएको छ । शुक्रबार तीनकुनेमा भएको राजावादीको प्रदर्शनमा हिंसा भड्काएको आरोपमा पक्राउ परेका उनलाई हत्कडी लगाएर अदालत लगिएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौँले आइतबार उनीसहित पक्राउ परेकाहरूलाई अदालतमा म्याद थपका लागि उपस्थित गराएका हो ।
उनलाई हत्कडीसहित अदालत लगिएको भन्दै राप्रपाले आक्रोश पोखेको छ । राप्रपाका महामन्त्री शरदराज पाठकले फेसबुकमा लेखेका छन्, ‘राजनीतिक नेतालाई हतकडी लगायौ। याद राख्नेछौँ। याद राख्नेछौँ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
-
'बेहुली'को पहिलो गीत 'दिलमा ठाउँ छ'मा पारस र दिव्याको नृत्य
-
हुथीको धम्कीबिच साउदी तेल बोकेका ट्याङ्करले गरे बाब अल–मन्देब स्ट्रेट पार
-
यी हुन् उच्च कोलेस्ट्रोलका ७ लक्षण
-
सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
-
नुनपानीले अनुहार धुँदा छालालाई फाइदा गर्छ वा बेफाइदा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण