यस्तो छ चलचित्र ‘वसन्त’को गीत ‘हेर्दै आँखामा’
काठमाडौंँ । गायक तथा अभिनेता प्रकाश सपुतको निर्देशनमा डेब्यु फिल्म ‘वसन्त’को गीत ‘हेर्दै आँखामा’ सार्वजनिक गरिएको छ । अभिनेता सपुत र अभिनेत्री स्वस्तिमा खड्कालाई रोमान्टिक अवतारमा फिचर्ड गरिएको गीतमा सुगम पोखरेल र समीक्षा अधिकारीको स्वर रहेको छ ।
सपुतकै शब्द तथा संगीत रहेको गीतमा योगेश काजी शाहले संगीत संयोजन गरेका छन् । सुशन प्रजापतिको छायांकन रहेको गीतमा केवीका खत्रीको कोरियोग्राफी र प्रवीन भट्टको सम्पादन छ ।
मनिस जुनसुकै जात, धर्म अनि वर्गको भएपनि एक नै भएको सन्देश गीतले दिने निर्देशक सपुतले बताए ।
आगामी शुक्रबारबाट प्रदर्शनमा आउने चलचित्रमा सपुत र खड्काको अलवा प्रभात पाल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे, खड्कबहादुर पुन (खबपु), अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे, विशाल पहारीको अभिनय रहेको छ ।
गलबन्दी प्रोडक्सनको प्रस्तुति रहको फिल्मले विपन्न विश्वकर्मा समुदायको छोराको लेखक बन्ने सपना र लक्ष्य हासिल गर्न उसले गर्ने संघर्षको कथा रहेको छ । मोहन विश्वकर्मा र बिन्दु बोहोरा निर्माता, अनुरोध भट्टराई, नाना थकाली र विरेन्द्रनारायण श्रेष्ठ कार्यकारी निर्माता हुन् । चलचित्र काठमाडौं उपत्यकामा डिसिएन र मोफसलमा एफडी कम्पनीले वितरण गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाविरुद्ध बेल्जियमको सुरुवाती अग्रता
-
स्पेनले अन्तिम क्षणमा गोल गर्दा बाहिरियो पोर्चुगल
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण