आईपीएल क्रिकेट: राजस्थानले खोल्यो जितको खाता, ६ रनले हार्यो चेन्नई
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)को ११ औं खेलमा राजस्थान रोयल्स विजयी भएको छ । गुवाहाटीमा भएको खेलमा राजस्थानले चेन्नई सुपर किङ्सलाई ६ रनले हराएको हो ।
टस हारेर पहिले व्याटिङ गरेको राजस्थान रोयल्सले जितका लागि १८३ रनको चुनौति पेश गरेकामा चेन्नई निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७६ रनमै समेटियो ।
चेन्नईका लागि ऋतुराज गायकवाडले ४४ रन खर्चंदै ७८ मेडन राखेर ६३ रनको योगदान दिए पनि टोलीको हार टर्न सकेन । रविन्द्र जडेजाले अविजित ३२ रन बनाउँदा राहुल त्रिपाठीले २३ रन बनाए भने शिवम दुबेले १८ रन जोडे । अन्य व्याट्सम्यानले खासै स्कोर गर्न सकेनन् । बलिङतर्फ राजस्थानका वानिन्दु हसरंगा एक्लैले चार विकेट चट्काए ।
सुरु व्याटिङ गर्ने क्रममा राजस्थानले चेन्नईसामु जितका लागि १ सय ८३ रनको लक्ष्य प्रस्तुत गरेको थियो । उसले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ८२ रन बनाएको थियो । जहाँ राजस्थानका लागि नितिश रानाले शानदार अर्धशतकीय पाली खेले । उनले मात्र ३६ बलमा ८१ रन जोडे । यस क्रममा उनले १० चौका र ५ छक्का प्रहार गरे ।
कप्तान रियान परागले २८ बलमा ३७ रनको योगदान दिए । उनले २ छक्का र २ चौकाको मद्दतले ३७ रन जोडेका हुन् । सञ्जु सामसनले १६ बलमा २० रन जोड्ने क्रममा १ चौका र १ छक्का प्रहार गरे । खेलको अन्त्यतिर सिमरन हेटमायरले १६ बलमा १९ रन जोडे ।
चेन्नईका खलिल अहमद, नुर अहमद र मथिसा पथिरानाले २-२ विकेट लिए । खलिलले ४ ओभरमा ३८ रन खर्चिए भने नुरले २८ रन मात्र खर्चिए । पथिरानाले पनि चार ओभरमा २८ रन नै खर्चिए । रविचन्द्रन अश्विन र रवीन्द्र जडेजाले १-१ विकेट हात पारे ।
आईपीएलमा ११ औं खेल सकिंदा राजस्थानले पहिलो जित दर्ता गरेको हो । उसले खेलेका तीन खेल मध्ये यसअघि लगातार दुई खेल हारेको थियो । टोलीले यसअघि कोलकाता र सनराइजर्स हैदाराबादसँग हार भोगेको हो । यस्तै, चेन्नईले हालसम्म एक खेल जितेको छ ।
उसले आफ्नो पहिलो खेलमा मुम्बईलाई हराउँदा दोस्रो खेलमा रोयल च्यालेन्जर्स बैंगलुरुसँग हार व्यहोरेको थियो । अंक तालिकामा चेन्नई सातौं स्थानमा छ भने राजस्थान नवौं स्थानमा छ । लगातार दुई खेल जितेका रोयल च्यालेन्जर्स बैंग्लुरु र दिल्ली क्यापिटल्स स्पस्ट ४-४ अंक बटुल्दै क्रमशः पहिलो र दोस्रो स्थानमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण