बागमतीमा सर्वदलीय बैठक बस्दै
मकवानपुर । बागमती प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूको सर्वदलीय बैठक बस्दैछ । बागमती प्रदेशसभाको बैठक सञ्चालनको लागि सर्वदलीय बैठक आह्वान गरिएको हो ।
प्रदेशसभाका सभामुख भुवन कुमार पाठकले चैत १८ गते (आज) अपराह्न ४ः३० बजे प्रदेशसभा सचिवालयका लागि सर्वदलीय बैठक आह्वान गरेका हुन् । पछिल्लो राजनीतिक घटनाक्रम र प्रदेशसभा सञ्चालनको विषयहरू टुंग्याउन सर्वदलीय बैठक आह्वान गरेको उनले बताए ।
विगतका सहमति, पछिल्लो समय प्रदेश सरकारका कामकाज तथा हालै विकसित राजनीतिक घटनाक्रमको बारेमा छलफल गरेर अघि बढ्ने तयारी गरिएको उनको भनाई छ । उनका अनुसार सत्तापक्ष र प्रतिपक्ष बिचका राजनीतिक सहमति कार्यान्वयनका सवालमा छलफल गर्न पनि सर्वदलीय बैठक आह्वान गरिएको उनले बताए । बैठकले प्रदेशसभाको चैत १९ गते बस्ने बैठकका कार्यसूचीका विषयमा पनि निर्णय गर्ने सभामुख पाठकको भनाई छ ।
‘केही समय पछि बैठक बस्ने तय भएकाले छलफल गर्न तयारी भएको हो । बैठकका लागि प्रदेशसभाका ७ वटै दललाई पत्राचार भएको छ,’ उनले भने, ‘संसद् बैठक अघि केही असहमति, एजेन्डाका विषयमा छलफल गर्न उक्त सर्वदलीय बैठक महत्त्वपूर्ण हुने भएकाले आह्वान गरिएको हो । सत्तापक्ष र प्रतिपक्ष बिचका ईस्यूहरूलाई पनि समेट्ने गरी छलफल हुनेछ । विकसित राजनीतिक घटनाक्रममा दलहरूको धारणा बुझेर संसद्को कार्यसूची र सञ्चालनको विषय निचोडमा पुग्नेछ । संसद् बैठक सञ्चालनको लागि हालसम्म कुनै असहज अवस्था छैन ।’
११० सदस्यीय बागमती प्रदेशसभाका ७ दलको प्रतिनिधित्व रहेको छ । जसमा कांग्रेस ३७, एमाले २७ (उपसभामुख सहित), राप्रपा १३ (सभामुख सहित), एकीकृत समाजवादी ७, नेमकिपा ३ र हाम्रो नेपाली पार्टी २ सांसद सहित प्रतिनिधित्व रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण