विद्यार्थीको अवधारणा उद्योगसँग जोड्दै सफ्टवेरिका कलेज
काठमाडौं। सफ्टवेरिका कलेज अफ आईटी एन्ड ईकमर्सले हालै विद्यार्थीहरूलाई व्यावसायिक अवधारणा प्रस्तुत गर्ने अवसर प्रदान गरेको छ ।
कलेजमा अध्ययनरत विद्यार्थी तथा पूर्वविद्यार्थीलाई विभिन्न व्यावसायिक व्यक्ति तथा लगानीकर्तासमक्ष आफ्नो नवीन व्यावसायिक अवधारणाहरू प्रस्तुत गर्ने मौका प्रदान गर्ने गरी बिहिवार (१४ चैत) एक बिजनेस पिचिङ इभेन्ट आयोजना गरिएको हो ।
कलेजका अनुसार सो कार्यक्रममा दुई विद्यार्थी समूह सहभागी थिए । उनीहरूले कार्यक्रममा आआफ्ना विभिन्न अवधारणाहरू प्रस्तुत गरेका थिए । जसमध्ये एक रहेको थियो, धिरेन हमालले प्रस्तुत गरेको सुपर एप ।
सो एपले मेसेजिङ, पेमेन्ट सोलुसन्स, साना व्यवसायहरूको डिजिटल रूपान्तरण, राइड सेयरिङजस्ता विभिन्न सेवाहरू एउटै प्लेटफर्मबाट दिने लक्ष्य राखेको छ ।
हमालले उक्त एप बनाउन सफ्टवेरिका कलेजकै २०१२ का विद्यार्थी मोहित श्रेष्ठ (प्रोडक्ट ओनर), सहसंस्थापक तथा प्रमुख प्राविधिक अधिकृत (सीटीओ) अनन्त विजय दौलिया र अर्का एक जना वित्तीय सल्लाहकारसँग सहकार्य गरेका छन् ।
त्यस्तै अर्को प्रोडक्ट थियो- मार्केट ल्याब । यो एडटेक कम्पनीले नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा केन्द्रित ट्रेन्डिङ फण्ड म्यानेजमेन्ट र लगानीसम्बन्धी कोर्सहरू उपलब्ध गराउने बताइएको छ । यस अवधारणा भने कलेजका अन्तिम वर्षका विद्यार्थी आशिष सापकोटाले प्रस्तुत गरेका थिए ।
कलेजको यस्तो प्रेरणादायी कार्यक्रममा विद्यार्थीहरूको व्यावसायिक सोच सुन्न र सके सहयोग गर्न ग्लोबल इक्विटी फण्डका प्रबन्ध निर्देशक डा. मनीष थापा, डोल्मा इक्विटी फण्डका इन्भेस्मेन्ट एसोसियट एकेन्द्र जोशी, बिजनेस कन्सल्ट्यान्ट सुदीप भाजु उपस्थित थिए । त्यसैगरी एभरेस्ट कलेजका संस्थापक तथा प्रिन्सिपल अनुप आचार्य, सनवे कलेजका निर्देशक कुशल रेग्मी र सनवे कलेजकी सञ्चालन निर्देशक सिमोली देसाई रहेका थिए ।
यस कार्यक्रमले विद्यार्थीहरूलाई उद्योगका अनुभवी व्यक्तिहरूसँग प्रत्यक्ष अन्तर्क्रिया गर्ने, सुझावहरू लिने, आफ्नो पेशागत सञ्जाल विस्तार गर्ने तथा सम्भावित लगानी अवसरहरू खोज्ने अवसर प्रदान गरेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुकुम्बासीको सामान साढे दुई महिनादेखि दशरथ रंगशालामा अलपत्र, तस्बिरमा हेर्नुहोस्
-
प्रदेशहरूमा अहिले सत्ता समीकरण फेर्नु ठिक होइन: प्रकाश बराल
-
आमिर खानको तेस्रो विवाहलाई लिएर भारतमा विवाद: कतै पुत्ला दहन, कतै फतवा जारी
-
प्रभासको नयाँ फिल्म ‘फौजी’को प्रदर्शन मिति तय, पोस्टर सार्वजनिक
-
प्रधानमन्त्री बालेन र राप्रपा अध्यक्ष लिङ्देनबिच भेटवार्ता
-
५ वर्षभित्र जीडीपीमा निर्यातको हिस्सा २० प्रतिशत पुर्याउने सरकारको लक्ष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण