पियोर इनर्जीले सर्वसाधारणलाई चैत २८ गतेदेखि आईपीओ जारी गर्ने
सोमबार, १८ चैत २०८१, १२ : ३१
काठमाडौँ। पियोर इनर्जी लिमिटेडले चैत २८ देखि सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको छ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरमा ११ करोड ९५ लाख २० हजार रुपैयाँ बराबरको ११ लाख ९५ हजार २०० कित्ता सेयर निष्कासन गर्न लागेको जनाइएको छ।
कम्पनीको शेयर वैशाख २ गतेसम्म आवेदन दिन सकिनेछ। न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ।
कम्पनीले यसअघि स्थानीयलाई जारी पुँजी ८० करोड रुपैयाँको २ प्रतिशत अर्थात् १ करोड ६० लाख बराबरको १ लाख ६० हजार कित्ता सेयर बिक्री गरिसकेको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि पनि १ लाख ४४ हजार कित्ता सेयर बिक्री खुलाइसकेको छ।
कम्पनीको आईपीओ बिक्री प्रबन्धक नबिल इन्भेस्टमेन्ट बैंकिङ रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण