‘लफंगाहरूलाई जनताको घर जलाउन पठाएर ज्ञानेन्द्रले सम्झौता भंग गरे’

काठमाडौँ । एमाले सचिव तथा प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले पूर्वराजा ज्ञानेन्द्र शाहले निर्मल निवासमा बसेर सम्झौता भंग गरेकाले अब राज्यले उनलाई पूर्वराष्ट्राध्यक्षका रूपमा दिएको सेवासुविधा दिन नहुने बताएका छन् । प्रतिनिधिसभाको विशेष समयमा बोल्दै एमाले सांसद भट्टराईले लफंगाहरूलाई माला लगाएर जनताको घर जलाउन पठाएको आरोप लगाए ।
‘पूर्वराजा ज्ञानेन्द्रले लफङ्गाहरूलाई माला लगाएर जनताको घर जलाउन पठाउनुभयो,’ भट्टराईले भने, ‘उहाँलाई सम्झौता गरेर नारायणहिटीबाट निर्मल निवासमा पठाउँदा पूर्वराष्ट्राध्यक्षको रूपमा सेवा सुविधा दिइएको हो । त्यो सम्झौता निर्मल निवासमा बसेर भंग गर्नुभयो । अब उहाँलाई सुविधा दिन आवश्यक छ कि छैन । सोच्नुपर्छ ।’
उनले आफ्नै पार्टीका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई पूर्वराजा ज्ञानेन्द्रले दलहरूसँगको सम्झौता भंग गरेकाले अव सरकारले सुविधा कायम राख्छ कि खारेज गर्छ भनेर सोधे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: धरौटी बुझाएर रिहा भए धवलशमशेर, भ्रातृ संस्थाबारे देउवा र गगन दुईतिर
-
तेस्रो सुपर ओभरमा नेदरल्यान्डसँग नेपाल पराजित
-
एघार महिनामा ४२ हजार पर्यटकले गरे रसुवाको भ्रमण
-
युद्धरत इजरायलमा रहेका नेपालीहरू सुरक्षित छन् ?
-
पाकिस्तानद्वारा इरानसँगको सीमा बन्द
-
अमेरिकी हतियार किन्ने विषयमा राष्ट्रपति ट्रम्पसँग छलफल गरिन्छ : जेलेन्स्की