‘लफंगाहरूलाई जनताको घर जलाउन पठाएर ज्ञानेन्द्रले सम्झौता भंग गरे’
काठमाडौँ । एमाले सचिव तथा प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले पूर्वराजा ज्ञानेन्द्र शाहले निर्मल निवासमा बसेर सम्झौता भंग गरेकाले अब राज्यले उनलाई पूर्वराष्ट्राध्यक्षका रूपमा दिएको सेवासुविधा दिन नहुने बताएका छन् । प्रतिनिधिसभाको विशेष समयमा बोल्दै एमाले सांसद भट्टराईले लफंगाहरूलाई माला लगाएर जनताको घर जलाउन पठाएको आरोप लगाए ।
‘पूर्वराजा ज्ञानेन्द्रले लफङ्गाहरूलाई माला लगाएर जनताको घर जलाउन पठाउनुभयो,’ भट्टराईले भने, ‘उहाँलाई सम्झौता गरेर नारायणहिटीबाट निर्मल निवासमा पठाउँदा पूर्वराष्ट्राध्यक्षको रूपमा सेवा सुविधा दिइएको हो । त्यो सम्झौता निर्मल निवासमा बसेर भंग गर्नुभयो । अब उहाँलाई सुविधा दिन आवश्यक छ कि छैन । सोच्नुपर्छ ।’
उनले आफ्नै पार्टीका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई पूर्वराजा ज्ञानेन्द्रले दलहरूसँगको सम्झौता भंग गरेकाले अव सरकारले सुविधा कायम राख्छ कि खारेज गर्छ भनेर सोधे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण