कपिल शर्मा 'किस किस को प्यार करु' को सिक्वेल लिएर आउँदै
सोमबार, १८ चैत २०८१, १३ : ५८
मुम्बई । हास्य कलाकार कपिल शर्मा आफ्नो फिल्म 'किस किस को प्यार करु' पार्ट २ लिएर फर्कँदै छन्। आज ईदको विशेष अवसरमा कपिल शर्माले आफ्नो आधिकारिक इन्स्टाग्राममा 'किस किस को प्यार करु २' को पहिलो पोस्टर सेयर गरेका छन्।
यस पोस्टमा शर्मालाई पगडी लगाएको दुलहाको लुकमा देख्न सकिन्छ। पोस्टमा, उनीसँगै एक केटी पनि उभिएकी छिन्, जसले दुलहीको पोशाक लगाएकी छिन्। तर, दुलहीको अनुहार घुम्टो पछाडि लुकेको छ।
प्रसिद्ध ट्रेड एनालिस्ट तरण आदर्शले 'किस किस को प्यार करु २' को पहिलो लुक सेयर गर्दै क्याप्सन लेखेका छन्, 'कपिल शर्मा- भेनस-अब्बास-मस्तान फेरि एकसाथ: 'किस किस को प्यार करु २' को पहिलो लुक रिलिज... । 'किस किस को प्यार करु' दस वर्ष पहिले २०१५ मा रिलिज भएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिकमा चर्को असन्तुष्टि छ, सम्बोधन नभए विस्फोट हुन्छ : गगन थापा
-
भक्तपुरमा विश्वकप फुटबलको फाइनल हेर्ने क्रममा कुटाकुट, एक जनाको मृत्यु
-
बालेनले घोषणा गरेको शिक्षा र स्वास्थ्यको कर फिर्ता गर्ने के छ प्रक्रिया ?
-
ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता
-
नितेश तिवारीको ‘रामायण’मा अनुपम खेरको इन्ट्री
-
शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण