लोकतन्त्र र गणतन्त्र कसैले ‘बक्सिस’ दिएको होइनः केसी
काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले लोकतन्त्र र गणतन्त्र पक्षधरहरूबिच मतभेद बढेका कारण प्रतिगामी तत्त्वहरू सक्रिय हुन थालेको बताएका छन् ।प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै अध्यक्ष केसीले व्यवस्थामा रक्षाका लागि नेतृत्व गरेका नेताहरूले सच्चिनुपर्ने बताएका हुन् ।
उनले गणतन्त्रवादी दलहरूबिच मतभेद भए पनि लोकतन्त्र र गणतन्त्र कसैले बक्सिस नदिएको टिप्पणी गरे । उनले भने, ‘हाम्रा बिचमा मतभेद छन् । तर लोकतन्त्र र गणतन्त्र कसैले बक्सिस दिएको होइन । त्यस कारणले लोकतन्त्र र गणतन्त्र पक्षधरहरूको बिचमा प्रशस्तै मतभेद छन् । मतभेदका बाबजुद पनि लोकतन्त्र, गणतन्त्र बचाउने पक्षमा यसको नेतृत्व गरेका साथीहरू सच्चिनु, आत्मालोचना गर्नु । ती कमजोरी भएका कुराहरूलाई देश र जनताको अगाडि निर्भीक भएर आत्मालोचना हुनुपर्दछ । होइन भने हामीले बर्षौँ लडेर ल्याएको गणतन्त्र प्रतिगामीहरूले उल्ट्याउँछन् नि ।’
उनले तीनकुने घटनाबाट पाठ सिकेर गणतन्त्रवादी दलहरू अगाडि बढ्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण