पुटिनसँग रिसाएको ट्रम्पको भनाइमा के भन्छन् जेलेन्स्की ?
किभ । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आइतबार राति आफ्नो देशका जनतालाई सम्बोधन गरेका थिए । यस क्रममा उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनमाथि गरेको टिप्पणीमा प्रतिक्रिया पनि दिए । जेलेन्स्कीले पुटिनलाई कूटनीतिको वास्ता नभएको र युद्ध रोक्न रुसमाथि थप दबाब दिन आवश्यक रहेको बताए ।
‘विगत केही हप्तामा अमेरिकाबाट बिना शर्त युद्धविरामको प्रस्ताव आएको छ र लगभग सधैँ यी प्रस्तावहरूको प्रतिक्रियामा, रुसी ड्रोन, बम, तोपखाना र ब्यालिस्टिक आक्रमणहरू भएका छन्,’ जेलेन्स्कीले भने । रुसमाथि थप दबाब दिनुपर्ने पनि जेलेन्स्कीले बताए । रुसको युद्ध गर्ने शक्ति र युद्ध गर्ने प्रणालीलाई नष्ट गर्न कडा प्रतिबन्ध लगाउनुपर्नेमा उनले जोड दिएका थिए ।
पुटिनले हालै युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको विश्वसनीयतामाथि आक्रमण गरेका थिए । जेलेन्स्कीको राष्ट्रपति कार्यकालको म्याद सकिइसकेको भन्दै कुनै पनि सम्झौतामा उनले हस्ताक्षर गर्न नसक्ने पुटिनको भनाई थियो ।
उनको यो प्रतिक्रियापछि एनबीसीलाई दिएको अन्तरवार्तामा ट्रम्पले आफू रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग धेरै रिसाएको र दुखी भएको भनेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण