ज्ञानेन्द्रलाई जरिवाना गर्ने निर्णय फिर्ता लिन ‘आन्दोलन समिति’को आग्रह
काठमाडौँ । वर्तमान व्यवस्था विरोधी ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ले पूर्वराजा ज्ञानेन्द्र शाहलाई जरिवाना गराउने पत्र काट्ने काठमाडौँ महानगरपालिकाको निर्णयप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
समितिका कार्यवाहक संयोजक जगमान गुरुङले सोमबार जारी गरेको विज्ञप्तिमा तीनकुनेको प्रदर्शनमा फोहोर गरेको लगायतका विषयमा पूर्वराजालाई जरिवाना गर्न नमिल्ने जिकिर गरिएको छ ।
‘उक्त कार्यक्रमको जिम्मेवारी आयोजक संस्थाहरू स्वयमले लिने हो । सो निर्णय काठमाडौँ महानगरपालिकाले तत्काल फिर्ता नलिएमा सो विरुद्ध कानुनी र अन्य मार्ग प्रशस्त गरिने पनि सबैमा जानकारी गराउन चाहन्छौँ’, विज्ञप्तिमा भनिएको छ ।
शुक्रबार तीनकुनेमा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले सरकारसँग पूर्वस्वीकृति लिएर संयुक्त जनआन्दोलन समितिको अपनत्वमा सम्पन्न भएको विज्ञप्तिमा उल्लेख छ ।
महानगरपालिकाले शनिबार पूर्वराजालाई नगद जरिवाना हुने ८ वटा पत्र काटेको थियो ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण