अचेत अवस्थामा भेटिएका ३ बालक मृत घोषणा
हेटौडा । मकवानपुरको सिस्नेरीमा पौडी खेल्ने क्रममा डुबेर अचेत अवस्था उद्धार गरिएका ३ जना बालकको मृत्यु भएको छ । अचेत अवस्थामा उद्धार गरिएका बालकहरुलाई पाटन अस्पतालमा उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेका हुन् ।
इन्द्रसरोबर गाउँपालिका वडा नम्बर ३ स्थित सिस्नेरी खोलामा जमेको पानीमा पौडी खेल्ने क्रममा उनीहरु डुबेर अचेत अवस्थामा उद्धार गरिएको थियो ।
मृत्यु हुनेमा स्थानीय सुन्दर आचार्यका छोरा १४ वर्षका सुशान्त आचार्य र काभ्रेको फुलबारी दाप्चाबाट मामा घर (सुन्दर आचार्य) को घरमा आएका १५ वर्षका प्रमेश घोरसैनी र १४ वर्षका प्रभात घोरासैनी रहेका छन् । प्रमेश र प्रभात दाजुभाई रहेको प्रहरीले जनाएको छ ।
उपचारको लागि पाटन अस्पताल पुर्याएका उनीहरुलाई चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी निरिक्षक ठाकुर प्रसाद सापकोटाले जानकारी दिए ।
खोलाको पानी जमेर बनेको दहमा पौडी खेल्ने क्रममा स्थानीय सुशान्तसहित प्रमेश र प्रभात अचेत भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण