समाचार
तीनकुने घटना : अनर्गल फोटो र भिडियो प्रकाशन नगर्न प्रहरीको आग्रह
सोमबार, १८ चैत २०८१, २२ : १९

काठमाडौँ । काठमाडौँको तीनकुनेमा भएको प्रदर्शनको हिंसात्मक रूपबारे अनर्गल फोटो र भिडियोहरू प्रसारण गरिएको भन्दै प्रहरीले त्यस्ता क्रियाकलाप रोक्न आग्रह गरेको छ ।
सामाजिक सञ्जालमा प्रसारण भएका अनर्गल फोटो र भिडियोहरूका कारण अन्योल, भय र गलत धारणा फैलिन सक्ने भन्दै प्रहरीले तीनकुने घटनाको सामग्री भए उपलब्ध गराउन आग्रह गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले सूचना प्रकाशन गरेर भनेका छन्, ‘गलत धारणा फैलिनेतर्फ सबै पक्ष गम्भीर तथा जिम्मेवार हुन अपिल गर्दछौँ ।’
घटनाबारे छानबिन र अनुसन्धान भइरहेको भन्दै प्रहरीले त्यस्ता सामग्री भएमा जिल्ला प्रहरी परिसर काठमाडौँको फेसबुक पेज र इमेल ठेगानामा उपलब्ध गराउन भनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेसमा छिट्टै कांग्रेस नेतृत्वमा सरकार बन्छ : सभापति देउवा
-
बस्ती विकासका नाममा ३ हजारभन्दा बढी टुक्रे योजना, तीन नेताका जिल्लामा खातैखात
-
रेशमपछि उच्च अदालत पाटनमा महिमानसिंह विष्टको पनि निवेदन, आज सुनुवाइ
-
व्यक्तिगत तहमा उत्रेर जुधिरहेका छन् ट्रम्प–मस्क
-
वाईसीएलको निर्वाचन कार्यतालिका फेरि सर्यो
-
गण्डकीमा माओवादीले छाड्यो लेखा समिति