पार्टी एकताको प्रयास जारी राख्ने नेकपा निर्णय
काठमाडौँ । विप्लव नेतृत्वको नेकपाले नेकपा माओवादी केन्द्रसहितका दलसँग एकताको प्रयास जारी राख्ने निर्णय गरेको छ । यस्तै नेकपाले मोहन वैद्य, आहुति, धर्मेन्द ्रबास्तोला, मोहन विक्रम सिंह लगायतले नेतृत्व गरेका पार्टीहरुसँग सहकार्य गर्दै मोर्चावन्दीको प्रयास गर्ने निर्णय समेत गरेको छ ।
पार्टीको मंगलबार सम्पन्न पोलिटब्युरो बैठकले समाजवादी मोर्चालाई प्रभावकारी बनाउने निर्णय समेत गरेको स्थायी समिति सदस्य तथा प्रचार विभाग इन्चार्ज अनिल शर्माले बताए ।
बैठकमा महासचिव विप्लवले आगामी निर्वाचन, देशको पछिल्लो राजनीतिक, सङ्घर्षलगायतका १० प्रस्ताव राखेका थिए । सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेर प्रारम्भ भएको बैठकले केन्द्रीय समितिले गरेको राजनीतिक दिशाको प्रक्षेपण सही भएको निष्कर्ष निकालेको छ ।
वर्तमान राजनीतिक सङ्कटको समाधान प्रतिगमन र यथास्थिति नभएको बताउँदै विप्लवले नेपाली विशेषताको समाजवादको निम्ति स्वतन्त्र र संयुक्त पहललाई तीव्र पार्ने निर्णय गरेको शर्माले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण