अपडेट
बोहराको पार्थिव शरीर भैरहवा लगिने, फेरि काठमाडौँ ल्याएर भोलि अन्त्येष्टि
मङ्गलबार, १९ चैत २०८१, १३ : २५
काठमाडौँ । मंगलबार निधन राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ नेता दीपक बोहराको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आजै गृहनगर भैरहवा लगिने भएको छ । हेलिकप्टरबाट उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि भैरहवा लगिने भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
त्यहाँ शुभेच्छुक र आफन्तले श्रद्धाञ्जली अर्पण गरेपछि उनको पार्थिव फेरि आज नै काठमाडौँ ल्याइने उनको भनाइ छ ।
उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि बुधबार पार्टी कार्यालय धम्बाराहीमा राखिनेछ । त्यसपछि शुक्रबार नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गर्ने कार्यक्रम रहेको श्रेष्ठले बताए ।
लामो समयदेखि बिरामी पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य उनको मंगलबार बिहान राजधानीको चाबहिलस्थित ओम अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण