पत्रकार सुरेश रजकको शव एक्सरे गरेपछि मात्र पोष्टमार्टम गर्ने चिकित्सकको अडान
काठमाडौं । तीनकुनेमा भएको प्रदर्शनमा जलेर मृत्यु भएका पत्रकार सुरेश रजकको पोष्टमार्टममा ढिलाई भएको छ ।
त्रिवि शिक्षण अस्पतालका चिकित्सकहरुले उनको शरिरको पोर्टेबल एक्सरे गरेपछि मात्र पोष्टमार्टम गर्ने अडान लिएका छन् ।
रजकका परिवारले घटना अनुसन्धान गर्न जाहेरी दिएसँगै प्रहरीले उनको पोष्टमार्टम प्रक्रिया अघि बढाउन अस्पताल प्रशासनलाई आग्रह गरेको छ । तर, उनलाई गोली लागेको हल्ला फैलिएपछि चिकित्सकहरुले एक्सरे गरेर मात्र पोष्टमार्टम थाल्ने अडान लिएका हुन् ।
पोर्टेबल एक्सरे मेशिन त्रिवि शिक्षण अस्पतालमा नभएको र अन्यत्र खोजी भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एकजना अधिकृतले रातोपाटीलाई बताए ।
चैत १५ मा समाचार संकलन गर्ने क्रममा उनको मृत्यु भएको थियो । आगजनी गरिएको घरमा मृत भेटिएका उनको शरिरमा गोली नलागेको प्रहरी अधिकृतहरु बताउँछन् । तर, सामाजिक सञ्जालमा उनलाई गोली लागेको भनेर ‘अफवाह’ फैलाइएको एकजना प्रहरी अधिकृतले बताए ।
प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ र नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनर्स्थापनाका लागी संयुक्त जनआन्दोलन समिति’ले आयोजना गरेको प्रदर्शनमा धेरैलाई गोली लागेको आशंका गरिएको छ । तर, त्यहाँ कत्ति गोली चल्यो भन्नेबारे प्रहरीसँग अझै एकिन तथ्यांक छैन । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल बोहरा भन्छन्, ‘खर्च भएको गोलीको विवरण संकलन गर्दैछौं ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण