सांसद बोहराको शव भैरहवा ल्याइयो, भोलि पुनः काठमाडौँ लगेर अन्तिम श्रद्धाञ्जलि दिइने
मङ्गलबार, १९ चैत २०८१, १७ : ५८

बुटवल । रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद दीपक बोहराको पार्थिव शरीर भैरहवा ल्याइएको छ ।
मंगलबार बिहान काठमाडौँको ओम अस्पतालमा उपचार क्रममा उनको निधन भएको थियो । उनको शव गृहनगर भैरहवामा ल्याई सिद्धार्थनगर नगरपालिका परिक्रमा गरेर अहिले बोहरा निवास राखिएको छ।
श्रद्धाञ्जलिका लागि मंगलबार उनको शव आफ्नै निवास (पार्टी कार्यालय) मा राखिने र भोलि बुधवार बिहान काठमाडौँस्थित पार्टी केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलिका लागि राखेर आर्यघाटमा अन्तिम संस्कार गरिने जनाइएको छ । भैरहवामा बोहरा निवास र पार्टी कार्यालय एउटै कम्पाउन्डभित्र छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी रुपन्देहीका उपाध्यक्ष अजय कुमार गुप्ताका अनुसार अन्त्येष्टिका लागि पार्थिव शरीर पुनः काठमाडौँ लगिने भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलविद्युत् आयोजनाका कारण तातोपानी कुण्ड सङ्कटमा
-
पश्चिम नवलपरासीमा श्रावणी महामहोत्सवको तयारी सुरु
-
ज्योति भण्डारीलाई प्रहरीले कम्बोडियाबाट ल्यायो काठमाडौँ
-
१० बजे १० समाचार : अदालतबाट राजुलाई राहत, कुलिङ पिरियडले किचलो
-
११ महिनामा बागमती सरकारको बजेट कार्यान्वयन ५० प्रतिशत पनि पुगेन
-
विपद् व्यवस्थापनमा खटिन नेविसंघको निर्देशन